Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

वर्षाले तीन सडक पूर्ण र १२ आंशिक अवरुद्ध

काठमाडौं ।वर्षाले हाल तीन पूर्ण र १२ सडक आंशिकरुपमा अवरुद्ध रहेको छ । कर्णाली राजमार्ग, साँफबगर–मार्तडी–कोल्टी सडक र बालाजु–त्रिशुली–धुन्च...

काठमाडौं ।वर्षाले हाल तीन पूर्ण र १२ सडक आंशिकरुपमा अवरुद्ध रहेको छ ।

कर्णाली राजमार्ग, साँफबगर–मार्तडी–कोल्टी सडक र बालाजु–त्रिशुली–धुन्चे–स्याफ्रबेसी सडकका विभिन्न खण्डका सडक अवरुद्ध रहेका छन् । कर्णाली राजमार्ग अन्तर्गत जुम्लाको सुर्कीपाखा र दादीखोलामा पहिरोका कारण सडक अवरुद्ध रहेकामा एउटा निजी सवारीसाधन भाडामा लिएर खुलाउने प्रयास भइरहेको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ ।

साँफेबगर–मार्तडी–कोल्टी सडक बाजुराको अम्कोटदेखि बल्दे खण्ड अवरुद्ध रहेकामा खुलाउन उपकरण सो स्थानमा लगिएको छ । वर्षात र लेदो रोकिएपछि सोही स्थानबाट यातायात खुलाइने र वैकल्पिक बाटोका लागि सहमति जुटाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ । बालाजु–त्रिशुली–धुन्चे–स्याफ्रुबेसी सडक रसुवाको बनुवामा अवरुद्ध भएकामा वैकल्पिक सडक खुलाएर साना गाडी जाने व्यवस्था मिलाइएको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ ।

वर्षाले अवरुद्ध १२ सडकमा रहेको अवरोध हटाएर हाल एकातर्फबाट सवारीसाधन चल्नसक्ने व्यवस्था मिलाइएको छ । कोशी राजमार्ग, पृथ्वी, त्रिभुवन राजमार्ग, डुम्रे–बेशीसहर–चामे सडक, कर्णाली राजमार्ग र पुष्पलाल (मध्यपहाडी) राजमार्गको विभिन्न खण्डमा बाढी र पहिरोका कारण अवरुद्ध बनेकामा हाल आंशिकरुपमा खुलाइएको छ ।

कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको सम्माटार, पृथ्वी राजमार्गको तनहुँको साँखर (बाँसबारी), त्रिभुवन राजपथमा मकवानपुरको छत्तिस खोला, डुम्रे–बेशीसहर–चामे सडकअन्तर्गत लमजुङको उदीपुर, मनाङको म्यार्दी भीरमा सडक एकातर्फबाट मात्रै खुलाइएको छ । त्यस्तै, कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको फक्सिण्डा दोभानबाट बरुण खोला, तानसेन–रिडि–कोरलाअन्तर्गत मुस्ताङको काभ्रे भीर, पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत बागलुङको खहरे दोबिल्ला, कर्णाली राजमार्गअन्तर्गत कालिकोटको जारकोटमा पनि आंशिकरुपमा मात्रै सञ्चालनमा छन् ।

यो वर्ष अवरुद्ध भएकामध्ये हाल एक सय १५ स्थानमा सडक दुवैतर्फ चालु भइसकेको छ । यो वर्ष २१ राजमार्गको एक सय २८ स्थानमा सडक अवरुद्ध भएको विभागले जनाएको छ ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content