श्री गढीमाई राष्ट्रिय दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

neelambads

राष्ट्रिय हितमा काम गर्न मुख्यमन्त्री पाण्डेको निर्देशन

955 SHARE:

चरिकोट । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नागरिकहरूको समस्याको विषयमा चिन्तित बनी राष्ट्रिय हितमा काम गर्न जनप्रतिनिधि तथा सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।

file photo

जिल्ला समन्वय समिति दोलखाले चरिकोटमा आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा उहाँले दोलखाको सबै स्थानीय तहका लागि पक्की भवन निर्माण गर्न तथा बाढीपहिरोले जिल्लामा पुर्‍याएको क्षतिको विवरण प्रदेश कार्यालयमा पठाउन निर्देशन दिनुभयो । मुख्यमन्त्री पाण्डेले पहिरो तथा बाढीपीडितहरूलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बागमती प्रदेशभित्रका सबै जिल्लाहरूमा कृषकहरूलाई बाँदरले दुःख दिएको भन्ने सबैतिरबाट गुनासो आएका कारण बाँदर नियन्त्रणका लागि प्रदेश सरकारले विशेष कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले समृद्ध प्रदेश निर्माणका लागि प्रत्येक वडामा वडा समाजवादी कार्यक्रम लागू गर्ने, शिक्षा र स्वास्थ्यको पहुँचबाट टाढा रहेका व्यक्तिलाई सहज तरिकाले सेवा प्रवाह गराउने, जातीय, धार्मिक लगायत विभेदको अन्त्य गरिने, पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गरिने, स्थानीय स्तरमा नै रोजगारी सिर्जना गर्नेजस्ता कार्यहरू बागमती प्रदेश सरकारले अघि सारेको जानकारी दिनुभयो ।
रासस


COMMENTS

 


thedesigners7
Name

news,1019,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,8,समाचार,7,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: राष्ट्रिय हितमा काम गर्न मुख्यमन्त्री पाण्डेको निर्देशन
राष्ट्रिय हितमा काम गर्न मुख्यमन्त्री पाण्डेको निर्देशन
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/08/rajendra-pande-05-05-1024x688.jpg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/08/blog-post_549.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/08/blog-post_549.html
true
8891381760893256154
UTF-8
अन्य अपडेटसहरु केही भेटिएन सबै हेर्नुहोस् विस्तृतमा पढ्नुहोस उत्तर Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस् सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy