Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

‘रोहिङ्ग्या शरणार्थीलाई फिर्ता पठाउन सकिएको छैन’

ढाका। शरणार्थी जीवन विताइरहेका रोहिङग्याहरुलाई आफ्नै ठाउँमा फिर्ता गराउन नसकिएको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ । संयुक्त राष्ट्रसंघ...

ढाका। शरणार्थी जीवन विताइरहेका रोहिङग्याहरुलाई आफ्नै ठाउँमा फिर्ता गराउन नसकिएको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको अधिकार प्रमुख मिचेल बाचेलेटले असुरक्षाको कारण देखाउदै उनीहरू फर्किन नमानेको जानकारी दिनुभयो ।

उनीहरुले अझै पनि आफ्नो ठाउँमा आफूहरु असुरक्षित रहेको बताउने गरेको र फर्किन नमानेको उहाँको भनाइ छ ।

रोहिङ्ग्याको बस्तीमा झण्डै पाँच वर्ष अगाडि ठूलो हिंसात्मक घटना भएपछि उनीहरु भागेर बङ्लादेशका विभिन्न ठाउँमा शरणार्थी भएर बसेका छन् ।

उनीहरुलाई आफ्नै ठाउँमा फिर्ता गराउन शरणार्थी र म्यानमार सरकारबीचमा पटक पटक सम्झौता समेत भएको थियो । सम्झौताका लागि भएका वार्ताहमा राष्ट्रसंघीय अधिकारीहरुलाई समेत सहभागी गराइएको थियो ।

पटक पटक भएका वार्ता र सम्झौताले अहिलेसम्म पनि ठोस निकास दिन नसकेपछि राष्ट्रसंघले सरोकारवालाहरुलाई फेरि पनि घच्घच्याएको छ ।

बङ्लादेशको दक्षिणी क्षेत्रमा झण्डै दश लाख शरणार्थीहरु रहेको जनाइएको छ । उनीहरु अधिकांश मुस्लीम समुदायका छन् । सन् २०१७ मा उनीहरु माथी जातीय रुपमा विभेदपूर्ण तरिकाले हिंसा भएको उनीहरुको भनाइ छ ।

म्यानमारमा अहिले सैनिक सरकार भएकाले पनि उनीहरु आफ्नो ठाउँ फर्किन सुरक्षित महसुस गर्न नसकेको राष्ट्रसंघीय अधिकारीहरुले बताएका छन् ।

राष्ट्रसंघका अधिकार प्रमुख बाचेलेटले मङ्गलबार शरणार्थी शिविरमा रहेका शरणार्थीहरुलाई भेटेर कुराकानी गर्नुभएको छ ।

बङ्लादेशको राजधानी ढाकामा बुधबार पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “शरणार्थीहरु आफ्नो देश फर्किन त चाहन्छन, तर फर्किने अवस्था नरहेको बताएका छन् ।”

उनीहरुलाई फर्काउन र सहमती कार्यान्वयन गराउनका लागि राष्ट्रसंघ र बङ्लादेशले समेत पटक पटक पहल गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

म्यानमार सरकारलाई फेरि घच्घच्याउनु पर्ने खाँचो रहेको बताउदै उहाँले त्यसका लागि सबैले अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content