अनिलप्रित चौधरी
कोल्हबी ,बारा
"श्री अनुप दिपनी माध्यमिक विधालयद्वारा साईकल सहयोग "
आज कोल्हवी नगरपालिकाको वडा नं. १ मा रहेको श्री अनुप दिपनी माध्यमिक विद्यालय कोल्हवीका शिक्षक शिक्षिकाहरुले साइकल सहयोग गरेका छन ।
कक्षा ६ मा पढदै गरेकी मनिशा चौधरीलाई साईकिल सहयोग गरेको हो । मनिशालाई स्कुल पढन आउन / जान समस्या रहेकोले सहयोग गरेको स्कुलको प्रधानाध्यापक रामप्रकाश चौधरीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।
मनिशाको सानैमा बुवा बितेकाले अार्थिक अवस्था कमजोर भएकाले सहयोग गरेको प्रधानाध्यापक चौधरीले बताउनुभयो । उनी अहिले ठुलो बुवा संग बस्नुहुन्छ । पढाईमा राम्रो , नियमितकक्षामा आउने ,अनुशासित भएर पढाई गर्ने भएकोले शिक्षक शिक्षिकाहरुको सल्लाह गरेर स्कुल पढन आउन सजिलो होस भनेर साइकल सहयोग गरेको शिक्षक बिरेन्द्र प्रसाद चौधरीले बताउनुभयो ।
विधालयका प्रधानाध्यापक रामप्रकाश चौधरी र शिक्षक तथा अनुशासन सुधार समितीको संयोजक बिरेन्द्र प्रसाद चौधरीले रु १००० का दरले र अरु ५०० का दरले शिक्षकहरु नरेन्द्र चौधरी , उमेश चौधरी , शैलेन्द्र चौधरी , जिवन पोखरेल , आन्नद चौधरी ,जयकरण चौधरी ,गोपाल चौधरी , जितेन्द्र चौधरी र शिक्षिकाहरु कल्पना बराल, मलिना गौतम ,रुची साह र पुनम चौधरीले सहयोग गरेको हो ।साईकल पाएपछि मनिषा हर्षित भएका छिन् ।
प्रतिक्रिया