स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

गण्डकी प्रदशेका सांसदलाई बजेट नदिन आयोगको निर्देशन

SHARE:

कास्की  । आम निर्वाचन घोषणा भइसकेपछि सांसदलाई बजेट विनियोजन भएकोमा गण्डकी सरकारलाई निर्वाचन आयोगले बजेट नबाँड्न निर्देशन दिएको छ । 

आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको सदस्य निर्वाचनको मुखैमा कार्यकाल सकिन लागेका बेला ‘निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम’मार्फत बजेट दिन लागेको सङ्केत पाएपछि सांसदलाई पैसा नदिन सुझाएको हो ।

आयोगको विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सरकारको आर्थिक वर्ष २०७९÷८० को बजेट तथा कार्यक्रममा समावेश भएको ‘पूर्वाधार विकास कार्यक्रम’ प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न नभएसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश, गण्डकी प्रदेशका मुख्यमन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय र गण्डकी प्रदेशका प्रमुख सचिवले कार्यान्वयन नगर्ने÷नगराउने ।’ दुवै प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममार्फत बजेट खर्च गर्न लागेकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै ५ बुँदे स्पष्टीकरणसहित ३ बुँदे निर्देशन दिएको हो ।

‘आसन्न निर्वाचनका प्रक्रिया सुरु भइसकेको अवस्थामा निर्वाचनको निष्पक्षतालाई असर पुग्ने गरी कुनै पनि कार्यक्रम सञ्चालन गर्नु स्वाभाविक मान्न सकिँदैन’, आयोगले भनेको छ, ‘अझ वितरणमुखी कार्यक्रमले त निर्वाचनको स्वच्छतामा नै प्रश्न उठाउन सक्ने देखिन्छ ।’

प्रदेश १ मा कार्यविधि बनाएर सांसदलाई योजना छनोट गर्न लगाइएको छ भने गण्डकीमा योजना बाँड्ने तयारी छ । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत प्रदेश १ मा १÷१ करोड र गण्डकी प्रदेशमा २÷२ करोड बजेट दिने तयारी छ ।

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले यसपालिको बजेटमा सांसदलाई दिइँदै आएको ‘पूर्वाधार क्षेत्र विकास कार्यक्रम’ कटौती गर्नु’ भएको थियो ।  तर, मुख्यमन्त्री र सत्ता पक्षका संसदले साथ नदिएपछि घुमाउरो बाटोबाट यो कार्यक्रम बजेटमा समेटियो । अर्थ विविध शीर्षकको बजेट खर्च गर्ने गरी पूर्वाधार क्षेत्र विकास कार्यक्रमलाई नाम परिवर्तन गरेर ‘पूर्वाधार विकास कार्यक्रम’ राखिएको छ ।

पदावधि समाप्त हुनै लाग्दा विभिन्न योजनाका नाममा बजेट सक्न लागिएकोमा सत्तारूढ दलकै सांसदले असन्तुष्टि जनाएका छन् । गण्डकीमा प्रदेशका ३६ निर्वाचन क्षेत्र छन् ।  जसअनुरुप प्रदेश र समानुपातिकबाट ६० प्रदेश सांसद छन् । प्रदेश सभा गठन भएका पहिलो वर्ष सांसदका लागि बजेट छुट्टाइएको थिएन ।


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: गण्डकी प्रदशेका सांसदलाई बजेट नदिन आयोगको निर्देशन
गण्डकी प्रदशेका सांसदलाई बजेट नदिन आयोगको निर्देशन
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/08/Ggandaki-pardeh.jpg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/08/blog-post_398.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/08/blog-post_398.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content