Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

ग्यासको प्रयोगमा १५ प्रतिशत कटौती गर्ने ईयूको योजना कार्यान्वयनमा

ब्रसेल्स। युक्रेनमा रुसको युद्धका कारण उत्पन्न ऊर्जा मूल्य सङ्कटको सामना गर्न यूरोपेली संघ (ईयू) ले ग्यासको खपतमा १५ प्रतिशतले कटौती गर्ने...

ब्रसेल्स। युक्रेनमा रुसको युद्धका कारण उत्पन्न ऊर्जा मूल्य सङ्कटको सामना गर्न यूरोपेली संघ (ईयू) ले ग्यासको खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना मङ्गलबारदेखि लागू भएको छ ।

दुई साताअघि २७ राष्ट्रसम्मिलित यूरोपेली संघ (ईयू) ले सहमति गरेको उक्त योजनालाई समेटेर ईयूको नियम सोमबार युरोपेली सङ्घको आधिकारिक प्रशासनिक पत्रमा प्रकाशित गरिएको छ ।

“युक्रेनविरुद्ध रूसी सैन्य आक्रमणले ल्याएको ग्यास आपूर्तिको सुरक्षामा आसन्न खतरालाई ध्यानमा राख्दै यो नियम तत्काल लागू गरिनुपर्ने देखिएकोले मङ्गलबारदेखि कार्यान्वयनमा ल्याइएको छ,” विज्ञप्तिमा भनिएको छ ।

यसको उद्देश्य अत्यधिक चिसो समयलाई आफ्नो ग्याँसको भण्डारलाई समयमै बलियो बनाउन सक्षम हुनुपर्ने र यसका लागि ईयूले यो निर्णय गरेको हो । युरोपेली घरपरिवार र व्यवसायहरू ऊर्जाका लागि रूसी ग्यासको भर पर्नुपर्ने र यसका लागि इन्धन भण्डारण नै निर्विकल्प उपाय भएको विज्ञप्तिमा बताइएको छ ।

पत्रमा भनिएको छ, “ईयू देशहरूले उनीहरूले अघिल्लो पाँच वर्षमा औसतमा कति प्रयोग गरे भन्ने आधारमा यही अगष्टदेखि अर्को वर्षको मार्चसम्म ‘कम्तीमा १५ प्रतिशत’ ग्यास खपत घटाउन आफ्नो सर्वोत्तम प्रयास प्रयोग गर्नेछन् ।”

केही ईयू देशहरूले यस नियमलाई कडाइका साथ पालना असम्भव भएको भन्दै नियम कार्यान्वयन गर्न मानिरहेका थिएनन् । उनीहरूले कुनै पनि अवस्थामा ‘स्वैच्छिक माग कटौती’ गर्ने सर्त राखेका थिए । यी देशहरू युरोपेली विद्युत् ग्रीडमा पूर्णरूपमा जडान गरिएका थिएनन् वा ईयूका अन्य भागहरूमा ग्यास पाइपलाइनहरूसँग वा अन्य सदस्य राष्ट्रहरूलाई मद्दत गर्न पर्याप्त पाइपलाइन ग्यास खाली गर्न असमर्थ थिए ।

रुसबाट सिधै ल्याइने ग्यासमा निर्भर रहेको हंगेरीले यसको अपवादको माग गरेको थियो ।

ईयूको आर्थिक महाशक्ति जर्मनीले गत वर्ष रूसबाट आयात हुने ४० प्रतिशत ग्यास आयातमा ठूलो हिस्सा ओगटेको थियो ।

यदि युरोपेली आयोगले ‘ग्यास आपूर्तिमा गम्भीर कमी’ वा असाधारण रूपमा उच्च ग्यासको माग देखापरेको छ भने, यसले ईयू सदस्य राष्ट्रहरूलाई ग्याँस कटौतीका लागि बाध्यकारी बनाउँदछ र अपवादहरू सीमित गर्दछ ।

इयूले युक्रेन युद्धका लागि मस्कोमाथि लगाएको प्रतिबन्धमा रूसी ग्यासलाई समावेश नगरे पनि ब्रसेल्सले युरोपलाई बलियो बनाउन सक्ने अनुमानसहित ब्रसेल्सका लागि हुने आपूर्तिमा पनि क्रेमलिनले भारी कटौती गरेको छ ।एएफपी


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content