Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

कालीगण्डकी नदीमा थपिँदै लामो झोलुङ्गे पुल

गलकोट। लामा र अग्ला झोलुङ्गे पुलको जिल्लाका रूपमा परिचित बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमाथि पुनः अर्को झोलुङ्गे पुल थपिने ...

गलकोट। लामा र अग्ला झोलुङ्गे पुलको जिल्लाका रूपमा परिचित बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमाथि पुनः अर्को झोलुङ्गे पुल थपिने भएको छ ।

बागलुङबाट पर्वत जोड्ने पाँच सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण थालिएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौर गौरीधामबाट पर्वत जिल्लाको जलजला गाउँपालिका–८ ओडारे जोड्ने पाँच सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु गरिएको हो । उक्त पुल रु सात करोड लागतमा निर्माण हुन जनाइएको छ ।

दुई वर्षमा निर्माण सक्ने गरी सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडाँैसँग हिमशिखर कन्ट्रक्शन निर्माण कम्पनीबीच सम्झौता भएर काम अगाढि बढाइएको छ । बागलुङ–१ रामरेखाबाट पर्वतको कुश्मा –१ अदुवाबारी जोड्ने पाँच सरय ६७ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको दुई वर्षपछि पुनः बागलुङ र पर्वत जोड्ने अर्को लामो झोलुङ्गे पुल निर्माण थालिएको हो । उक्त पुल विश्वकै एकल स्पानमध्ये लामो भएको बागलुङ नगरपालिकाले विश्व रेकर्डका लागि निवेदनसमेत दिएको छ ।

बागलुङको गौरीधामबाट पर्वत जिल्लाको जलजलास्थित ओडारे जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गर्न थालिएको पुल निर्माणको बागलुङ तर्फबाट जग खन्ने कार्यको थालनी गरिएको हो । बागलुङ –४ का वडाध्यक्ष कुमारविक्रम क्षेत्रीले बागलुङ बजारलाई पर्वतको जलजला गाउँपालिकासँग जोड्दा बागलुङ बजारको व्यापार– व्यवसाय बढ्ने र जलजलावासीहरू घण्टौँ लगाएर बागलुङ बजार आउनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । उहाँले पुल निर्माणका लागि बागलुङतर्फ निःशुल्क जग्गा दिने जग्गादातालाई धन्यवाद दिनुभयो ।

“जलजलाका नागरिक प्रशासनिक कामका लागि सदरमुकाम कुश्मा गए पनि व्यापारिक कामका लागि बागलुङ आउने गर्दछन्, पुल बनाएपछि एक–डेढ घण्टाको बाटो छोट्टियो”, वडाध्यक्ष खड्काले भन्नुभयो, “पुल निर्माणसँगै बागलुङ र पर्वत जिल्लाको पर्यटन क्षेत्रको समेत विकास हुनेछ ।” पुल निर्माणका लागि विसं २०७९ जेठमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

पुल निर्माणका लागि बागलुङतर्फको झण्डै छ आना जग्गा निःशुल्क दिएका जग्गादाता राजेन्द्रबहादुर जिसीले जानकारी दिनुभयो । “विकासका लागि बाधक बन्नु हुँदैन भन्ने लाग्यो मैले आफ्नो जग्गाबाट पुल बनाउन दिएँ”, पुल निर्माणपछि यहाँको पर्यटन व्यवसाय फस्टाउने उहाँले भन्नुभयो, “आफूले व्यावसायिक केराखेती मासेर पुल बनाउन जग्गा दिएको छु, पुल निर्माणपछि बागलुङको व्यवसाय थप फस्टाउनेछ ।”


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content