Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

काँकडभिट्टा–लौकही सडक:आकाशे पुल र अन्डर पास

बनियानी। काँकरभिट्टा–लौकही एक सय १२० किलोमिटर सडकअन्तर्गत तीन सय ७७ संरचना हटाइने भएको छ । दुई लेनबाट चार लेनमा स्तरोन्नति गर्न लागिएको यो स...

बनियानी। काँकरभिट्टा–लौकही एक सय १२० किलोमिटर सडकअन्तर्गत तीन सय ७७ संरचना हटाइने भएको छ । दुई लेनबाट चार लेनमा स्तरोन्नति गर्न लागिएको यो सडकखण्डअन्तर्गत साना ठूला गरी ती संरचना हटाइने झापाको बिर्तामोडमा आइतबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सामाजिक तथा पुर्नवास विशेषज्ञ रविन ढकालले जानकारी दिनुभयो ।

उहाँले सो सडकखण्डको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनबारे सङ्क्षिप्त जानकारी पनि दिनुभएको थियो ।
बिर्तामोड नगरपालिकासँग जोडिएको सडकअन्तर्गत दुर्गा मन्दिर, जिल्ला ट्राफिक प्रहरी कार्यालयको पुरानो भवनलगायत सात संरचना छन् ।

एसियाली विकास बैङ्कले स्तरोन्नति गर्न लागेको यो सडकको लागत करिब रु २८ अर्ब १७ करोड रहेको छ भने निर्माण कार्य तीन वर्षभित्रमा सम्पन्न हुनेछ । ‘एसियन हाइवे स्ट्याण्र्डड’को बन्ने यो सडकको कूल एक सय २० किलोमिटरमध्ये झापामा ५४ दशमलव नौ किलोमिटर पर्छ । झापा, मोरङ र सुनसरी जिल्लालाई छुने यस सडकको आगामी पुससम्ममा ठेक्का खुल्ने र आगामी वर्षको सुरुआतदेखि नै निर्माणको काम सुरु हुने आयोजनाका वातावरणविज्ञ राजेन श्रेष्ठले जानकारी दिनुभयो ।

सहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुने यस सडकको पहिलो चरणको काम काँकडभिट्टादेखि इटहरीसम्म सुरु हुनेछ । तीन सय मिटरभन्दा लामो पुल रहेको छ स्थानमा सिग्नेचर पुल निर्माण हुनेछन् । तीन प्रकारको डिजाइन गरिएको सडक ग्रामीण र जङ्गल भएको क्षेत्रमा २४ मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्र तथा मुख्य बजार क्षेत्रमा ५० मिटर चौडाइको हुनेछ । आयोजनाले काँकडभिट्टा, इट्टभट्टा, चारआली, बिर्तामोड, दमक, झुम्का, विराटचोक, इटहरीलगायतका नौ वटा घनाबस्ती भएको स्थानमा आकाशे पुल र अन्डर पास निर्माण गरिने जनाइएको छ ।

यस आयोजनाबाट १२ वटा नगरपालिका, चारवटा गाउँपालिका र एउटा उपमहानगरपालिकाका ८२ वडा प्रभावित हुने जनाइएको छ । बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंका अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीले खानेपानी, विद्युत्, टेलिफोन, ढल निकासलगायतका बारेमा जिज्ञासा राखेका थिए ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content