Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

आमसञ्चार विधेयक पत्रकारमैत्री हुने: मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको आमसञ्चार विधेयक पत्रकारमैत्री हुने बताउनुभएको छ । file p...

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको आमसञ्चार विधेयक पत्रकारमैत्री हुने बताउनुभएको छ ।

file photo

नेपाल प्रेस युनियन कास्कीद्वारा युनियनको नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीको सम्मानमा आज पोखरामा आयोजित कार्यक्रममा उहाँले लोकतन्त्रका लागि योगदान गरेको सञ्चार जगतमाथि अङ्कुश लगाउने गरी कानून नआउने स्पष्ट पार्नुभयो ।

सञ्चार माध्यममा आउने समाचारलाई सरकारले सुझावका रूपमा लिएको भन्दै उहाँले सामाजिक सञ्जालमा कतिपय टीकाटिप्पणी मर्यादा विपरीत आउने गरेको बताउनुभयो ।

उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष शिव लम्साल, उपाध्यक्ष नकुल अर्याल, गण्डकी उपाध्यक्ष ऋषिकान्त पौडेल र महासचिव दिलीप पौडेललाई सम्मान गर्नुभयो ।

प्रेस युनियनका नवनिर्वाचित अध्यक्ष लम्सालले श्रमजीवी पत्रकारका पक्षमा युनियनले काम गर्ने बताउनुभयो । सरकारले चार वर्षअघि तोकेको न्यूनतम पारिश्रमिकले वर्तमानको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने बताउँदै उहाँले यसको पुनर्विचार गर्न सरकारलाई आग्रह गर्नुभयो ।
रासस


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content