
कपिलवस्तु।जिल्लाको कृष्णनगर भन्सार नाकाले १५ दिनमै १ करोड बढीको राजश्व सङ्कलन गरेको छ ।अवैधरुपमा नेपाल भित्रिने मालसामान धमाधम समात्न थालेपछि जिल्लाको कृष्णनगर भन्सार गस्ती टोलीले दुई सातामै १ करोड बढीको राजस्व सङ्कलन गरेको हो ।
आर्थिक बर्ष ०७८र०७९ मा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएपछि सक्रिय बनेको भन्सार गस्ती टोलीले १५ दिन भित्रै विशेष सूचनाका अधारमा अवैध मालसामान पक्राउ गरि १ करोड बढीको राजस्व सङ्कलन गरेको निम्ति भन्सार प्रमुख ठाकुर गौतमले बताउनुभयो ।
नेपाल(भारतको खुला सिमानाको फाइदा उठाउने तस्करमाथि नकेल कस्न र राजस्व चुहावट नियन्त्रण गर्न भन्सारको राजस्व गस्ती टोलीले आइतबार बिहान २:३० बजे जिल्लाको गोरूसिङ्गे बजारबाट चन्द्रौटातर्फ आउँदै गरेको लु१ख ७७७० नम्बरको डिसिएम ट्रकमा राति चेक जाँच गर्ने क्रममा भन्सार नगरेको २९ पोका साडी ,सुट, कुर्ता लगायतका कपडा फेला पारी चालकसहित ट्रकलाई नियन्त्रणमा लिई भन्सार पुर्याइएको प्रमुख गौतमले बताउनुभयो ।
नियन्त्रणमा लिइएको कपडाको अनुमानित मूल्य २३ लाख ५६ हजार तोकिएको भन्सार कार्यालय कृष्णनगरले जनाएको छ । पक्राउ गरिएको कपडा धनी र गाडी बारे अनुसन्धान भइरहेको निमित्त प्रमुख ठाकुर गौतमले बताउनुभयो ।
गस्ती टोलीले विगत १५ दिन भित्र अवैध रूपमा नेपाल भित्र्याइएका ८१ पाडापाडी र २१५ खसी बोका समेत पक्राउ गरी लिलाम बिक्री गरिसकेको भन्सार कार्यालयले जनाएको छ ।
प्रतिक्रिया