Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

दुवै मिर्गाैला फेल भएका किसानद्वारा सहयोगको याचना

बागलुङ । दुवै मिर्गौला फेल भएर काठमाडौँमा उपचार गराई राख्नुभएका काठेखोला गाउँपालिका–७ रेशका गमबहादुर किसानको उपचारमा आर्थिक सङ्कट पैदा भएको...

बागलुङ । दुवै मिर्गौला फेल भएर काठमाडौँमा उपचार गराई राख्नुभएका काठेखोला गाउँपालिका–७ रेशका गमबहादुर किसानको उपचारमा आर्थिक सङ्कट पैदा भएको छ । कमजोर आर्थिक अवस्था रहेको परिवारका किसानको उपचारका लागि आर्थिक अभाव भएको भन्दै सहयोगको याचना गरिएको छ ।

पाँच महिनादेखि दुवै मिर्गौला फेल भएर काठमाडाँैका शिक्षण अस्पतालमा उपचाररत किसानको उपचारमा परिवारको रु सात लाख खर्च भइसकेको छ । घरको आर्थिक अवस्था कमजोर भएको र ज्याला मजदुरी गरेर जीवन चलाउँदै आउनुभएको थियो ।

उहाँको दुवै मिर्गौलाले काम नगरेको र डाइलासिस गरिरहे पनि अहिले प्रत्यारोपण गर्न आवश्यक देखिएको परिवारका सदस्य गमबहादुरका दाजु हेमराज किसानले बताउनुभयो । “घरको जायजेथाअनुसार उपचार गरिरहेका थियौँ, मिर्गौला फेर्न आवश्यक देखियो, जसका लागि आर्थिक सङ्कट पैदा भयो, आफन्तहरूले समेत सहयोग गरिसके”, हेमराजले भन्नुभयो, “उपचारमा समस्या भएपछि सहयोगका लागि अपिल गरेका छौँ, भाइको जीवनरक्षाका लागि सबैको सहयोगको आवश्यकता छ, परिवारका सदस्यबाट समेत मिर्गौला प्रत्यारोपण गर्न नमिल्ने देखिएकाले झनै समस्या सिर्जना भएको छ ।”

बागलुङ बजारको एक ग्रिल उद्योगमा कार्यरत किसान काम गर्दागर्दै बेहोस भएर ढलेपछि मात्रै मिर्गौला फेल भएको पत्ता लागेको थियो । उपचारका लागि पोखरा चार हप्ता राखेपछि थप उपचारका लागि काठमाडौँ लगिएको हो । उहाँको अहिले नियमित डायलासिस भइरहे पनि जतिसक्दो चाँडो मिर्गौला प्रत्यारोपण गर्न आवश्यक देखिएको छ ।

उहाँको उपचारमा अझै रु सात–आठ लाख खर्च लाग्ने देखिएपछि आर्थिक अवस्था कमजोर भएको गमबहादुरको परिवारले सहयोगको याचना गरेको हो । मिर्गौलापीडित गमबहादुरलाई सहयोग गर्नका लागि उहाँका दाजु हेमराजको मोबाइल नं ९८६०६९७३३१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । आर्थिकरूपमा कमजोर परिवारमा दुवै मिर्गौला फेल भएपछि कहीँकतैबाट आर्थिक रकम जुटेमा गमबहादुर किसानले नयाँ जीवन पाउनेमा उहाँको परिवार आशावादी रहेको छ ।रासस


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content