Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

वीरगञ्जका मेयर भन्छन् : भोट दिएरमात्रै हुँदैन विकासका लागि साथ पनि चाहिन्छ

११ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले भोट दिएर जिताइसकेपछि काम सकियो भनेर नठान्न नगरवासीसँग आग्रह गरेका छन् । उनले...

११ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले भोट दिएर जिताइसकेपछि काम सकियो भनेर नठान्न नगरवासीसँग आग्रह गरेका छन् ।

उनले निम्तो दिएपछि मात्रै आउने भन्दा पनि समय मिल्दा आएर वीरगञ्जको विकासका लागि सल्लाह दिन विभिन्न क्षेत्रका अगुवाहरुसँग अनुरोधसमेत गरेका छन् ।

चुनौती धेरै भए पनि स्वीकार गरेरै मेयर बनेको बताउँदै उनले नगरवासीको साथ र सहयोग चाहिएको बताए । ‘वीरगञ्जको विकास सम्भावना र सरोकार’ विषयक अन्तरक्रियामा मेयर सिंहले निजी क्षेत्रले सामाजिक उत्तरदायित्व बहन गर्दा महानगरसँगको समन्वय गर्नुपर्नेमा जोड दिए ।

यसपटक वर्खाअघि २० प्रतिशत मात्रै नाला सफा गर्न भ्याएको बताउँदै उनले आगामी वर्षदेखि वीरगञ्जमा बर्खाको पानी जम्न नदिने गरी नालाको सफाइ गर्ने प्रतिबद्धता जनाए ।

वीरगञ्ज र आसपासका क्षेत्रका उद्योगले स्थानीय युवालाई रोजगारी दिनुपर्ने बताउँदै उनले हड्ताल नगर्ने ग्यारेन्टी आफूले लिने बताए । ‘वीरगञ्जमा बेरोजगार युवा बढी छन्, बिहानदेखि बेलुकासम्म २०० कल त विकासका लागि हैन, रोजगारीका लागि मात्रै आउँछ’ उनले भने, ‘उद्योगमा हड्ताल नगर्ने ग्यारेन्टी महानगरले लिन्छ, निजी क्षेत्रले उनीहरूलाई काम गर्ने अवसर दिनुपर्छ ।’

नेपाल भारत सोसियो इकोनोमिक फोरमले आयोजना गरेको छलफलमा धारणा राख्ने अन्य वक्ताहरूले वीरगञ्जको विकासले गति लिन नसक्नुका कारणको खोजी गरी समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

सरोकारवालाले वीरगञ्ज पुरानो सहर भए पनि देशका अन्य सहरभन्दा विकासमा पछाडि पर्नु दुःखद भएको बताएका थिए ।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष अशोक टेमानी, उद्योग वाणिज्य महासंघ मधेश प्रदेश अध्यक्ष गणेश लाठ, वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप केडिया, लायन्स क्लब इन्टरनेसनलका पूर्वअध्यक्ष सञ्जय खेतान, ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक इन्दुशेखर मिश्र, अधिवक्ता पन्नालाल गुप्ता, वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, नेपाली युवा उद्यमी मञ्च वीरगञ्जका पूर्वअध्यक्ष अनुप अग्रवाले महानगरपालिकालाई सुझाव दिएका थिए ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content