Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाराको कलैयामा ट्राफिक नियमको खुल्याम उलंघङ्गन ,ट्राफिक प्रहरी मौन , ट्राफिक प्रहरीको हरायो गस्ती एम्बुलेन्स जान्न पनि सास्ती

 सन्दिप प्रसाद यादव  कलैया ,बारा । "बाराको कलैयामा ट्राफिक नियमको खुल्याम उलंघङ्गन ,ट्राफिक प्रहरी मौन , ट्राफिक प्रहरीको हरायो गस्ती ए...

 सन्दिप प्रसाद यादव 

कलैया ,बारा ।

"बाराको कलैयामा ट्राफिक नियमको खुल्याम उलंघङ्गन ,ट्राफिक प्रहरी मौन , ट्राफिक प्रहरीको हरायो गस्ती एम्बुलेन्स जान्न पनि सास्ती "


बारामा मात्र नभई देशभरि नै दुर्घटनाको घटना बढने क्रम छन् ।सडक साँघुरो बन्दै गएको दिनप्रतिदिन नयाँ गाडी थप्दै गएका छन् ।यस्तो बेला प्रहरीले चनाखो अपनाउन बेला अहिले केही गर्न सकेका छैन ।बाराको कलैया उपमहानगरपालिकाको मुख्य स्थान मानिने भरत चौकमा एम्बुलेन्स जान्न समेत मुश्किल भएको दृश्यले ट्राफिक प्रहरी बाराले कस्ता नीति अपनाएको प्रष्ट भएको कलैयाका स्थानीयबासीहरुले बताएका छन् ।भरत चौकमा केहीबेर समय


साईड नपाएर एम्बुलेन्सको साईरन बजिरहे तर हेर्ने कोही भएनन् ,बिच बाटोमा नै बस अड्काएर यात्रु लोड गर्ने झन समस्या थपिएको कलैयाका स्थानीयबासी पानालाल साहले बताउनुभयो ।ट्राफिक प्रहरीहरुले अाज मात्र नभई दिनहुँ नै यहीँ बसेपनि कसैलाई कारवाही नगर्दा यस्तो स्थिति अाएको स्थानीयबासी साहले बताउनुभयो ।कलैया उपमहानगरपालिकाले धेरै ठाउँमा पार्किङ र नो पार्किङ लेखिएको होडिङ्ग बोर्डहरु लगाएका छन् ।तर त्यसको कहिकतै पालना भएको छैन ।सुरुवाती दिनमा केही कडाई भएपनि अहिले भरत चौकमा यस्तो रमिता हुँदा पनि सम्बन्धित निकायको ध्यानाकर्षण भएको छैन ।कलैयामा ट्राफिक प्रहरीको मौनताले दुर्घटनाको घटना बढेको नै हो तर ट्राफिक प्रहरीले एक्सनमा काम गर्न सकेका छैन ।कलैयाको मुटु मानिने भरतचौक देखि बरेवा दरबार जाने बाटोमा बटुवालाई हिलडुल गर्न समेत मुश्किल हुने गरेको स्थानीय रञ्जु देवी चौरसियाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताईन ।चारैतिर गाडी राखिएको हुन्छ बाटो भरि नै अाज एम्बुलेन्स जान्न नसक्नुलाई के भन्नू जहाँ मान्छे हिड्ने ठाउँ नै छैन ।कलैयाका ट्राफिक प्रहरीको कामले कलैयाबासी अाजित भएका छन् ।देवकोटा चौक ,मच्छरहटा चौक ,हनुमान चौक ,अदालत रोड ,दहि बजारको क्षेत्र ,बरेवा दरवार ,जिल्ला प्रशासन कार्यालय तथा अन्य मुख्य सडकमा गाडीको जाम हुँदा पनि ट्राफिक प्रहरीले कारवाही गर्न नसक्नु दुखद भएको समाजसेवी बिरेन्द्र प्रसाद यादवले बताउनुभयो ।जसले ट्राफिक व्यवस्था चुस्त दुरुस्त राख्ने उसैले नै नदेखेको जस्तो गरेर समस्या अाएको समाजसेवी यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।बिरामी बोकेको गाडीले पनि साईड नपाउनु भनेको कति सम्मको फितलो ट्राफिक भएको भने भान भएको बसका चालक रमेश कुशवाहाले बताउनुभयो ।१/२ वटा बस चालकका कारण पुरै बस चालकलाई दोष दिन्न नमिल्ने बस चालक कुशवाहाले बताउनुभयो ।कलैयामा रहेको दुर्गा बसपार्कमा कसैले गाडी पार्किङ नगरेर सबै जना सडकमै पार्किङ गरेकोले समस्या भएको यातायात व्यावसायीहरुले बताएका छन ।बस व्यावसायी ,यातायात व्यावसायी तथा नारायणी बस व्यावसायी समिति तथा ट्राफिक प्रहरीको लापरबाहीले गर्दा अकालमै ज्यान गुमाउने स्थिति सृजना हुन लागेको यात्रुहरुले बताएका छन् । समयमा सरोकारवालाहरुले ध्यान नदिएको ठूलो दुर्घटना हुन सक्ला ।त्यसैले सम्बन्धित सरोकारवालाको समयमा  ध्यान पुगोस् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content