बाल सल्लाहकार समितिसँगको क्षमता विकास सम्बन्धी कार्यशाला सम्पन्न
अर्जुन साह
बिरगंज , पर्सा
साउन ०८ गते ।
काठमाडौँ जिल्लाको काठमाडौं महानगरपालिका वडा नं ९ सिनामंगल स्थित रहेका होटल एयरपोर्टमा बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समुह कन्सोर्टियम नेपाल का बाल सल्लाहकार समितिसँगको क्षमता विकास सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । सेभ दी चिल्ड्रेनकाे सहयोगमा र कन्सोर्टियम नेपाल द्वारा आयोजित गरिएको थियो ।
कन्सोर्टियम नेपालका अध्यक्ष मोहन डंगोलको अध्यक्षतमा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष किरण थापा, उपाध्यक्ष सन्तोष महर्जन,महासचिव प्रदीप कुमार लामिछाने,सदस्य अनिता पाण्डेय लगायतका मन्तब्य ब्यक्त गरेका थिए । किरण थापा र सन्तोष महर्जनले सहजकर्ता भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रम संचालन कन्सोर्टियम नेपालका कार्यक्रम संयोजक गौरव केसीले गरेका थिए भने रोशन डंगोल र उषा कार्कीले प्राविधिक सहजीकरण गरेका थिए ।
बाल सल्लाहकार समितिसँगको क्षमता विकास सम्बन्धी कार्यशालामा सातै प्रदेश बाट प्रतिनिधीत्व रहेको थियो।
सहभागी हुनेमा प्रदेश नं १ बाट प्रवीण लिम्बू,क्रिस्टिना निरौला,मधेश प्रदेश बाट अर्जुन शाह,स्नेह ठाकुर,बागमती बाट स्वस्तिका पाठक,दीक्षित न्यौपाने,गण्डकी बाट निर्देश सुवेदी,आस्था अधिकारी,लुम्बिनी बाट मुना गिरी,दीपेन्द्र रजाली,कर्णाली बाट विशाल परियार,रेशम छेपाङ र सुदुरपस्चिम बाट भूमिका शाही, खगेश्वरी आइदी रहेका थिए।
प्रतिक्रिया