साउन ३१ गते जसपा पार्टी नेपालका युवाले शक्ति प्रदर्शन गर्ने
कलैया , बारा
साउन ९ गते ।
आज जनता समाजवादी पार्टी निकट युवा भातृसंगठन समाजवादी युवा संघको केन्द्रिय विस्तारित बैठक सम्पन्न भएको छ। बैठकबाट बिभिन्न निर्णयहरू गर्दै सम्पन्न भएको छ। समाजवादी युवा संघले यहि साउन ३१ र भदौं १ गते मधेश प्रदेशको जनकपुरधाममा राष्ट्रिय युवा भेला आयोजना गर्ने भएको छ। जसका लागि आजैको बैठकबाट कार्यक्रम व्यवस्थापनका लागि बिभिन्न उप-समिति गठन पनि गरिएको छ। युवा भेलामा देशभरिकै सम्पूर्ण समाजवादी युवाहरूको उपस्थिति गराउने तथा देश र जनता एवम् युवाका लागि एउटा ठोस म्याडेटका साथ अगाडि बढिने छ भनि आजै कार्यक्रम प्रचार प्रसार उप-समितिका संयोजक बनेका तथा केन्द्रिय युवा सदस्य र मधेश प्रदेश युवा समिति मुख्यसचिव मनिष यादवले बताउनु भयो।
आजको बैठकको प्रमुख अतिथि जसपा केन्द्रिय कार्यकारणी सदस्य शुशिला श्रेष्ठ हुनुहुन्थ्यो तथा अध्यक्षता समाजवादी युवा संघका अध्यक्ष योगेन्द्र राय यादवले गर्नु भएको थियो ।
प्रतिक्रिया