Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बाराको अादर्श कोतवाल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साहको मनोमानी , ४ :०० बजे नै कार्यालयबाट कर्मचारीहरु गायब ,नेपाल सरकारले निर्धारण गरेको समय निर्धारणलाई चुनौती दिँदै स्थानीय तहका कर्मचारी

 अजय यादव वियोगी  कलैया ,बारा । "बाराको अादर्श कोतवाल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साहको मनोमानी , ४ :०० बजे नै का...

 अजय यादव वियोगी 

कलैया ,बारा ।

"बाराको अादर्श कोतवाल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साहको मनोमानी , ४ :०० बजे नै कार्यालयबाट कर्मचारीहरु गायब ,नेपाल सरकारले निर्धारण गरेको समय निर्धारणलाई चुनौती दिँदै स्थानीय तहका कर्मचारी "


नेपालमा अहिले जे पनि गर्ने छुट भएको छ ।नीति नियम ,कानुन ,सबै सानाका लागि मात्र कायम हुन पुगेको छ ।पहुँचवालाले जे गरेपनि छुट नै छ ।नेपाल सरकारलाई पनि चुनौती दिन सक्नेपनि अहिलेका स्थानीय तह भएका छन् ।कानुन र विधिसंगत कार्यालय चलाउन तथा कानुनी राज्य निर्माणका लागि अर्बौं खर्च गरेर स्थानीय तहको निर्वाचन सम्पन्न भएको बेला अहिलेका जनप्रतिनिधिहरु काँधमा काँधमा थापेर बसेका छन् ।संघियता अाएको धेरै भयो ।एक अध्यक्षको कार्यकाल सकेर दोस्रो अाई सकेको अवस्थामा बाराको अादर्श कोतवाल गाउँपालिकामा अाफ्नै नै नीति ,नियम नै रहेको पाईएको छ ।निजामती सेवा नियामावली २०५०को दफा ५५ (क)मा कार्यालय समयको निर्धारण :- सरकारी कार्यालयहरूको कार्यालय समयको निर्धारण नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरि तोके बमोजिम हुनेछ ।तर अहिले अादर्श कोतवाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् सधैं


अनियमिततामा गर्नेमा नाम मुछ्ने गरेका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साहले अाफ्नै मनोमानी ढंगले कार्यालय सञ्चालन गर्ने थालेका छन् ।सानो संसद जस्तो बाराको अादर्श कोतवाल गाउँपालिका भएको छ ,अाउने हाजिरी गर्ने र जनताको काम नै गरि हिड्ने प्रवृत्तिले स्थानीय तहमा कति अनियमितता तथा भ्रष्टाचारी भईरहेको प्रष्ट भएको छ ।अाषाढको अन्तिम सातामा यसरी कार्यालय सञ्चालन भईरहेको प्रति अादर्श कोतवाल गाउँपालिकाबासी निराश भएका छन् ।जनप्रतिनिधिहरु पनि अहिले भाग बण्डा मिलाउनमा नै व्यस्त रहेका छन् ।कर्मचारीहरु पनि सोही अनुरुप पनि कार्यालय छोडी हिड्ने गरेका छन् ।बाराको अादर्श कोतवाल गाउँपालिकामा मंगलबार दिउँसो ४:०० बजे देखि नै कार्यालय सुनसान थियो । दिउँसोको ४:३० सम्ममा ३ जना कार्यालय सहयोगी बाहेक सबै हिडि सकेका थिए ।कार्यालय सहयोगी अनिल कुमार कुशवाहा ,सतेन्द्र यादव र सुनिलकुमार कुशवाहा मात्र उपस्थिति थिए ।बाँकी सबै कर्मचारीहरु अा -अाफ्नै घर पुगिसकेका थिए ।प्रमुख प्रशासकीय अधिकृत एवम् अनियमितता गरेको भन्दै सधैं नाम मुछ्ने गरेका प्रमोद कुमार साह कार्यालय छोडी अाषाढे बजेट पचाउन कतै कोठामा बैठक गरेको र कार्यालयलाई मनोमानी ढंगले चलाएको स्थानीय सेवाग्राहीहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।निजामती सेवा एेन २०४९को परिच्छेद -७ को दफा ४१ मा समय पालना र नियमितता :- निजामती कर्मचारीले सरकारबाट निर्धारित समयमा नियमितरुपले कार्यालयमा हाजिर हुने र सकेसम्म पहिलो बिदाको स्वीकृति नलिई कामबाट अनुपस्थित हुनुहुँदैन भन्ने उल्लेख गरिएको छ ।तर प्रमुख प्रशासकीय अधिकृत सबैलाई बेवास्ता गरि अाफ्न‌ै पाराले कार्यालय गर्ने गरेका छन् ।धन देखेपछि महादेवका तीन नेत्र खुल्छ अहिले त्यहीँ भएको अादर्श कोतवाल गाउँपालिकाका



स्थानीयबासीको भनाई रहेको छ ।दिउँसो ४:३० मा काम लिएर कार्यालय पुगेका बनारसी प्रसाद साह कार्यालयमा कोही नभएको देखेर अच्चम पर्दे भने अहिले यस्तै हुने कार्यालय समयमा मुश्किलले कसै कर्मचारीलाई बिडम्बना भएको र यसलाई कार्यान्वयन गराउनु गाउँपालिका अध्यक्षको हातमा समेत रहेको स्थानीय सेवाग्राही बनारसी प्रसाद साहले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।४:३० मै नै सबै कर्मचारी जानू नियमसँग खेलवाड गरेको स्थानीय सेवाग्राही साहले बताउनुभयो ।३ जना कार्यालय सहयोगीलाई कार्यालय जिम्मा लगाएर घरतिर होमिएका प्रशासकीय अधिकृत एवम् प्रशासन शाखा प्रमुख सुनिल बिक्रम थापाले अाफू ४ :०० बजेर  नै कार्यालयबाट अाएको अन्यको हकमा अाफूलाई केही थाहा नभएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।भर्खरै स्थानीय तहको अधिकृतमा नाम निकालेर अाएका बाराकै निजगढकै थापा थोरै अनुभव भएका कारण प्रशासन शाखाबाट गरिने कामको बारेमा अनभिज्ञ समेत रहेका छन ।पत्रकारको फोन  जान्नेबितिकै अतालिदै अधिकृत थापाले भने मलाई केही थाहा हुदैन ,सबै कुरा कार्यालय प्रमुखलाई थाहा हुन्छ ,यसरी प्रशासनशाखाका  जिम्मा लिएका र प्रशासन शाखाकै कर्मचारी समय अगावै हिडेपछि को बस्छ कार्यालयमा भन्ने प्रश्न झस्ककिदै उनले भने हामी त्यसको जवाफदेही छैन ,फोन कुरा गरेको ठिक नभएको पनि प्रशासन शाखा प्रमुख सुनिल बिक्रम थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।बाराको अादर्श कोतवाल गाउँपालिकामा श्री गढीमाई राष्ट्रिय दैनिकको टिम दिउँसो ४:०० बजे नै कार्यालय पुगेका थिए,तर ४:२० मा कार्यालयमा पुग्दा  ३ जना कार्यालय सहयोगी बाहेक केही त्यहाँ थिएन ।सधैं कानुन कुरा गर्ने प्रशासन शाखा प्रमुख जवाफ दिन्नबाट पन्छिन खोजेको समेत देखिएको हो ।निजामती सेवा एेन २०४९को दफा ५५ (क) चेतावनी दिन सक्ने:- कुनै निजामती कर्मचारीले समय पालना नगरेमा अाफूभन्दा माथिको कर्मचारीले दिएको अाज्ञा पालना गर्नुपर्ने ,ढिला सुस्ती गरेको प्रमुखले सुपरिवेक्षणले हाजिर कट्ठा गरि व्यक्तिगत फाईलमा चढाउने उल्लेख गरिएको छ ।सर्लाहीको बरहथवा नगरपालिका घर भएका  प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साह कानुन मिचेर नै काम गर्न थालेका छन् ।भटिनिया देखि टेटा सम्म र कोतवाली देखि चिउँटाहा सम्मको ठुला योजनाको फाईल बनाउनमा नै व्यस्त रहेका छन् ।सर्लाहीका ठेकेदारबाट कमिसन लिई योजना पराउने गरेको समेत खुलेको छ ।प्रमुख प्रशासकीय अधिकृत साह   अतुक  सम्पत्ति कमाई काठमाडौंको पेप्सीकोलामा बने बनाएको करोडौं पर्नेको घर किन्न सफल भएको अादर्श कोतवाल गाउँपालिकाका समाजसेवीहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताएका छन् ।सधैं जनताको काम भन्दा अाफ्नै काम व्यस्त नै रहने गरेका छन् ।गाउँपालिकाका सुचना अधिकृत एम अंसारीले अाफू पनि ४:०० बजे कार्यालय छोडेर गएको कति जना कर्मचारी थिए भनेर एकिन गर्न नसकिएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।समयबाट अगावै कार्यालयबाट जाने कर्मचारीहरुमा  प्रमुख प्रशासकीय अधिकृत एवम् अनियमितता गर्नेमा नाम मुछने गरेका प्रमोद कुमार साह ,अधिकृत एवम् प्रशासन शाखा प्रमुख सुनिल बिक्रम थापा ,ईन्जिनियर प्रविण कुमार ठाकुर ,स्वास्थ्य संयोजक पारस राय यादव ,सुचना अधिकृत अमिर मियाँ अंसारी ,लेखापाल सुबोधकुमार कुशवाहा सहायक लेखापाल जयप्रकाश महतो ,खरिदार रामबाबु पाल ,अमिन जितेन्द्र साह ,सामाजिक परिचालिका ललिता कुमारी कर्ण ,एम.अाई.एस अपरेटर सुधिर कुमार कुशवाहा ,कम्प्युटर अपरेटर राजकुमार सदा ,योजना शाखा प्रमुख बलराम प्रसाद यादव लगायत अन्य सबै कर्मचारी अनुपस्थित भएपनि अहिले निर्वाचित अध्यक्ष जवाहर प्रसाद साहले केही गर्न सकेका छैन ।यस्तै उपाध्यक्ष मिरा देवीले पनि कार्यालय कसरी सञ्चालन भएको हो भने कहिले खोजपुछ नगरेपछि मनोमानी ढंगले कार्यालय सञ्चालन भईरहको प्रति अादर्श कोतवालबासी चिन्तित भएका छन् ।अहिलेका ८ वडाका वडाध्यक्षहरुले समेत यस्तो गतिविधि हुँदा समेत पुराना योजनाबाट के-के कति रकम खर्च भईरहेको भन्ने बिषयमा नै बढी केन्द्रीत भएको बताईएको छ ।तर जनताको कामको बारेमा अावाज उठाउन सकेका छैनन् ।वडा नम्बर -१ का वडाध्यक्ष सुनिल प्रसाद कुशवाहा ,वडा नम्बर -२ का वडाध्यक्ष मनोज मेहता ,वडा नम्बर -३ का वडाध्यक्ष शशिभुषण प्रियदर्शी यादव ,वडा नम्बर -४ कावडाध्यक्ष शेख जवाहिर ,वडा नम्बर -५ का वडाध्यक्ष रुपेश नारायण सिँह ,वडा नम्बर -६ का वडाध्यक्ष राजकुमार गुप्ता ,वडा नम्बर -७ का वडाध्यक्ष जनक ठाकुर लोहार र वडा नम्बर -८ का वडाध्यक्ष हरिनारायण प्रसाद कुशवाहाले पनि अादर्श कोतवाल गाउँपालिमा अहिले चलेको बेथिति बोल्न सकेका छैन ।जनताको प्रतिनिधिले समेत बोल्न नसक्नु दुखद भएको अादर्शकोतवाल गाउँपालिकाका स्थानीय बुद्धिजीवीहरुले बताएका छन् ।सम्बन्धित निकाय जिल्ला प्रशासन कार्यालय बारा र प्रमुख जिल्ला अधिकारीले कार्यालय सञ्चालन गराउनु पर्ने ताकेता गर्नुपर्ने अावश्यकता समेत रहेको छ ।बाराको १६ पालिकामध्ये दिनप्रतिदिन अादर्श कोतवाल गाउँपालिका भ्रष्टाचारका अखडा बन्दै गएका छन् ।समयमा  जनताको काम भएनन् भने जनताको अगाडि कोही टिक्न नसक्ने संसारमा धेरै उदाहरणहरु रहेका छन ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content