Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

अमेरिका र दक्षिण कोरियासँगको तनावबीच किमद्वारा आणविक आक्रमणको चेतावनी

सियोल, दक्षिण कोरिया। उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियासँगको सम्भावित सैन्य द्वन्द्वमा आफ्नो आणविक हति...

सियोल, दक्षिण कोरिया। उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियासँगको सम्भावित सैन्य द्वन्द्वमा आफ्नो आणविक हतियार प्रयोग गर्न तयार रहेको चेतावनी दिएका छन् ।

उनले कोरियाली प्रायद्वीपलाई युद्धको सँघारसम्म पु¥याइरहेका भन्दै दक्षिण कोरिया र अमेरिकाविरुद्ध आक्रामक अभिब्यक्ति दिएको उत्तर कोरियाको राज्य सञ्चालित एक सञ्चारमाध्यममार्फत बिहीबार सार्वजनिक भएको हो ।

सन् १९५०–५३ को कोरियाली युद्धको अन्त्य भएको ६९ औं वर्षमा आएको किमको भनाइ महामारीसँग सम्बन्धित आर्थिक कठिनाइको बीचमा गरिब मुलुक उत्तर कोरियामा आन्तरिक एकता बढाउने उद्देश्य भएको अनुमान गरिएको छ ।

किमले आफ्ना विरोधी राष्ट्रहरूलाई आणविक हतियारको धम्की दिए पनि संयुक्त राज्य अमेरिका र यसका सहयोगी दलका उच्च सैन्य दलविरुद्ध ती हतियारहरू प्रयोग गर्ने सम्भावना निकै कम रहेको अन्तर्राष्ट्रिय पर्यवेक्षकले बताएका छन् ।

उत्तर कोरियाको आधिकारिक समाचार संस्था, कोरियाली सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) का अनुसार किमले बुधबारको सम्बोधनमा भने, “हाम्रो सशस्त्र फौज कुनै पनि संकटको प्रतिक्रिया दिन पूर्णतया तयार छ र हाम्रो देशको आणविक युद्ध रोकथाम पनि आफ्नो पूर्ण शक्तिलाई कर्तव्यपूर्वक, ठ्याक्कै र छिटो आफ्नो आवश्यकता अनुसार जुटाउन तयार छ ।

नेता किमले संयुक्त राज्य अमेरिकाले आफ्नो वैरभावपूर्ण नीतिलाई सफाइ दिन उत्तर कोरियालाई ‘प्रेतिकरण’ गरेको आरोप लगाए । उनले भने, “उत्तर कोरियालाई लक्षित गर्ने अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यासले अमेरिकाको ‘दोहोरो मापदण्ड’ देखाएको र यसले उत्तर कोरियाको नियमित सैन्य गतिविधिलाई ‘ब्रान्डिङ’ गरेको छ । यो उसको क्षेप्यास्त्र परीक्षणको स्पष्ट सन्दर्भ हो । उत्तर कोरियाले यसलाई उत्तेजना वा धम्कीको रूपमा ब्याख्या गरेको छ ।”

किमले राष्ट्रपति योन सुक योलको दक्षिण कोरियाको नयाँ सरकारको नेतृत्वले मुठभेड चाहेको बताए । नयाँ नेतृत्वलाई उनले दक्षिण कोरियाका परम्परावादी सरकारको निरन्तरता बताएका छन् ।
मे महिनामा पदभार ग्रहण गरेदेखि नै योन सरकार संयुक्त राज्य अमेरिकासँग सियोलको सैन्य गठबन्धनलाई सुदृढ पार्न र पूर्व आक्रमण क्षमतासहित उत्तर कोरियाका आणविक खतराहरूलाई तटस्थ पार्ने आफ्नो क्षमता बढाउन अघि सरेको छ ।

उत्तर कोरियाली अर्थव्यवस्था महामारीसँग सम्बन्धित प्रतिबन्ध, अमेरिकी नेतृत्वमा रहेका उत्तर कोरियाविरोधी प्रतिबन्ध र किमको आफ्नै दुरुपयोगका कारण उनले ठूलो सार्वजनिक समर्थन खोजिरहेका छन् ।

सियोलको इवा विश्वविद्यालयका प्राध्यापक लिफ–एरिक इस्लीले किमको पछिल्लो चेतावनीबारे भने, “सैन्य तथा आर्थिक तवरमा संघर्षरत शासनलाई सफाइ दिन बाह्य खतराको सन्दर्भ देखाएर किमको भनाइ आएको छ ।

उनले भने, “उत्तर कोरियाका आणविक तथा क्षेप्यास्त्र कार्यक्रमहरू अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन मानिन्छ तर किमले आफ्नो अस्थिर हातहतियार निर्माणलाई आत्मरक्षाको सही प्रयासको रूपमा चित्रण गर्ने कोसिस मान्न सकिन्छ ।”एपी


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content