Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

पानी परेपछि खुसीले मनाइँदै साउने पन्ध्र

महोत्तरी । पानी परेर रोपोमा पानी लागेपछि महोत्तरीका किसानलाई साउने १५ पर्वले खुसी दिएको छ । असार मध्ययता पानी नपरेर धानको रोपो पहेँलिदै गए...

महोत्तरी । पानी परेर रोपोमा पानी लागेपछि महोत्तरीका किसानलाई साउने १५ पर्वले खुसी दिएको छ । असार मध्ययता पानी नपरेर धानको रोपो पहेँलिदै गएबीच पर्वअघि लगातार दुई दिन पानी परेपछि किसानको अनुहारमा खुसी छाएको हो ।

“दुःखसुख रोपेको धानको रोपो खेतमा धजा फाटेर सुक्दै थियो”, बर्दिबास–२ का किसान पवित्रा खड्का भन्नुहुन्छ, “धन्न साउने १५ अघि पानी प¥यो र धानको रोपो फिर्ने आश जाग्यो ।” खेतमा रोपेको धान पानीबेगर पहेँलिदै गएपछि विरक्तिएका जिल्लाका किसानलाई गत शुक्रबार र शनिबार साँझको वर्षा अमृत वर्षेझैँ लागेको छ ।

वर्ष दिन गुजारा गर्नपर्ने मुख्यबाली नै पानीबेगर मर्न लाग्दा किसानलाई दुई दिन अघिसम्म साउने १५ पर्वको रमाइलो थिएन । तर लगातार पर्वअघि दुई दिन परेको पानीले रोपो फिर्न लागेपछि तै बाली भइहाल्छ कि भन्ने आश जागेको यहाँका किसान बताउँछन् । जिल्लामा लामो खडेरीपछि गत शुक्रबार साँझ र शनिबार परेको पानीले धानको रोपोलाई अमृतकै काम गरेको किसानको भनाइ छ । लगातार दुई दिन पानी परेपछि किसानलाई साउने १५ पर्व चाड आएजस्तो बनेको भङ्गाहा–४ का ७८ वर्षीय किसान दीपबहादुर फुँयाल बताउनुहुन्छ ।

साउन १५ लाई कृषिपर्वका रूपमा मनाइने गरिन्छ । सामान्यतया धान रोपाइँ सकिने हुँदा हिलोमा काम गरेको चिसोको असर मेट्न यस दिन खिर खाने नेपाली चलन छ । तर बीउ, मल र पानीको तुक नमिल्दा किसानले यसपालि अपेक्षित धान रोपाइँ गर्न सकेका छैनन् ।

“पानी पर्याप्त भएको भए एक साताअघि नै रोपाइँ सकिन्थ्यो, के गरौँ ? आफ्ना भाग्यमा आकाश ताक्न लेखेको छ”, बर्दिबास–९ टोकीटोलका किसान रामचन्द्र थापा मगर भन्नुहुन्छ, “जे–जस्तो होस् साउने १५ मा खेतको रोपो फिरेको हेर्न पाइएको छ, समयले साथ दिए अब केही न केही धान भित्रिन्छ ।” पानीले लगातार साथ दिए बाँकी रोपाइँ पनि एक साताभित्र सकिने यहाँका किसान बताउँछन् । पछिल्लो वर्षाले पर्व हासीखुसी मनाउन पाइएको किसानको भनाइ छ ।

जिल्लामा यसपालि पहिले बीउको अभाव भएर समयमा ब्याड राख्न नपाएको, असार १५ यता पानी नपर्दा पहिलेको रोपो सुक्दै गएको र थप रोपाइँ गर्न नपाइएको र मल बजारमा नपाउँदा त्यत्तिकै खेती गर्न परेको किसानको बिलौना छ । “हाम्रो हातमा केही भएन, खेतीमा सबै ईश्वरकै भर भयो”, समयमा पानी पर्ने/नपर्ने कुरा ईश्वरीय लीला बुझ्ने बर्दिबास–६ मनहरिपुरका किसान बिन्देश्वर यादव भन्नुहुन्छ, “किसानलाई हेर्ने कोही भएनन्, न सिँचाइको प्रबन्ध, न समयमा बीउ मल !”

जिल्लामा करिब ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये लगभग ५० हजार हेक्टर धानखेतीका लागि योग्य मानिन्छ । तर कुलो नहरले सिँचाइ पुगेका १० प्रतिशतमात्र जग्गा हुँदा यहाँका अधिकांश खेती आकाशे पानीकै भरमा हुने गरेको छ । ठिक बेलामा पानी परी दिँदा किसानलाई त्यो नै ठूलो पर्व हुने गरेको छ ।

अहिले पर्वको मुखमा पानी परेपछि दङ्ग परेका किसान आज मन फुकाएर पर्वको तयारीमा लागेका छन् । यो पर्वमा खिर खाने परम्पराअनुसार जिल्लाका उत्तरवर्ती क्षेत्रमा दूधको जोहोमा सर्वसाधारण एकाबिहानै जुटेका देखिँदा छन् । जिल्लाका बर्दिबास, गौशाला, भङ्गाहा र औरही नगरपालिका क्षेत्रमा पर्वते मूलका हिन्दू धर्मावलम्बीको सघन बसोबास छ ।

विवाह भएर गएका छोरीचेली र ज्वाँइचेलालाई निम्ता गरेर खिर खुवाउने पुरानो परम्परा रहेको बुढापाका बताउँछन् । जिल्लाका बर्दिबास, भङ्गाहा, गौशाला र औरही नगर क्षेत्रका बजारमा दूधको माग आज निकै बढेको यस भेगका दूध व्यापारीले बताएका छन् ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content