Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

‘विश्वविद्यालयमा गरिने तालाबन्दी सधैँका लागि अन्त्य गरौँ’

कास्की । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरूमा गरिने तालाबन्दी सधैँका लागि अन्त्य गर्नुपर्ने बताउनुभएको छ...

कास्की । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरूमा गरिने तालाबन्दी सधैँका लागि अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

पोखरा विश्वविद्यालयको रजत जयन्ती समारोह एवं स्थापना दिवसका अवसरमा आज पोखरामा आयोजित कार्यक्रममा उहाँले विश्वविद्यालयमा विभिन्न माग राखेर गरिने तालाबन्दीबाट शैक्षिक विकासमा अवरोध आउने भएकाले सोको अन्त्य गर्नुको विकल्प नभएको बताउनुभयो ।

उच्च शिक्षाको स्तरबाट नै मुलुकको राजनीतिक र आर्थिक अवस्थाको पहिचान हुने भएकाले विश्वविद्यालय सुधारका लागि नेतृत्वकर्ताले सङ्कल्प गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्री पौडेलले देशका ११ वटा विश्वविद्यालयलाई नियमन गर्न एकीकृत छाता ऐनको तयारी भइरहेको समेत जानकारी दिनुभयो ।

उहाँले शिक्षक तथा प्राध्यापकहरूले दार्शनिक, सैद्धान्तिक तथा राजनीतिक विचारधाराहरूलाई विश्वविद्यालय तथा उच्च शिक्षाको नीतिगत, संरचनागत र गुणस्तर सुधारका लागि सिर्जनात्मक बहसमा ल्याउनुपर्ने विद्यामान अवस्था रहेको बताउनुभयो ।

कार्यक्रममा विश्वविद्यालयले प्रकाशन गरेको स्मारिका विमोचन गरिएको थियो । कार्यक्रममा पूर्व उपकुलपतिहरू, रजिष्ट्रार र विश्वविद्यालय स्थापनामा सहयोग गर्ने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

रासस


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content