Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

कर्णाली प्रदेश सरकारको बेरुजु २ अर्ब ७९ करोड

जुम्ला । कर्णाली प्रदेशको बेरुजु वर्षेनी बढ्दै गएको देखिएको छ । महालेखापरीक्षकको ५९ औँ प्रतिवेदन–२०७९ ले कर्णाली प्रदेशको बेरुजु बढ्दै गएको...

जुम्ला । कर्णाली प्रदेशको बेरुजु वर्षेनी बढ्दै गएको देखिएको छ । महालेखापरीक्षकको ५९ औँ प्रतिवेदन–२०७९ ले कर्णाली प्रदेशको बेरुजु बढ्दै गएको देखाएको हो ।

प्रतिवेदन अनुसार आव २०७७/७८ मा कर्णाली प्रदेशको बेरुजु २ अर्ब ७९ करोड ८७ लाख ३० हजार रुपैयाँ पुगेको छ ।

आव २०७७/७८ मा प्रदेश सरकार र मातहतका गरी १ सय ५१ निकायको ३१ अर्ब ८ करोड ९० लाख ३६ हजार रुपैयाँको लेखापरीक्षण गरिएको थियो । जसमा २ अर्ब ७९ करोड ८७ लाख ३० हजार रुपैयाँ पुगेको हो ।

आव २०७६/७७ मा लेखापरीक्षण अङ्कको ३.५६ प्रतिशत अर्थात् १ अर्ब १९ करोड ६९ लाख २१ हजार भएकोमा हाल ५.१५ प्रतिशत कायम भई बेरुजु बढेको छ ।

कर्णाली प्रदेश सरकारका १४१ प्रदेश कार्यालयमध्ये ७५ कार्यालयको बेरुजु नदेखिएको प्रतिवेदनले जनाएको छ । कार्यविधि ऐन, प्रचलित कानुन बमोजिम पुराउने रीत नपुर्‍याई कारोबार गरेको, अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको र नीति विपरीत मनपरी खर्च गरेकोले बेरुजु बढेको प्रतिवेदनमा औँल्याइएको छ ।

महालेखापरीक्षकको कार्यालयले बुधबार आव २०७७/७८ को कर्णाली प्रदेश सरकारको लेखापरीक्षण सम्बन्धी वार्षिक प्रतिवेदन प्रदेश प्रमुख तिलक परियारसमक्ष पेश गरेको थियो ।

महालेखापरीक्षकको कार्यालयले कानुनको पालना, जबाफदेहिता वहन, लेखापालन र आर्थिक कारोबारको स्थिति, सार्वजनिक सम्पत्ति र स्रोत–साधनको उपयोग, सार्वजनिक निर्माण र सेवा प्रवाहजस्ता विषयलाई आधार मानेर लेखापरीक्षण गरिने प्रतिवेदनमा उल्लेख छ ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content