बारा, कलैया, १ साउन । बाराको महागढीमाई नगरपालिका–५ दहियारमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी मोटरसाइकल चालक पर्साको अलौटोलका ३५ वर्षीय रामबाबु साह र पछाडि सवार सर्लाहीको सेखौनाका अन्दाजी २८ वर्षीय अरविन्द कुमार कुशवाहा घाइते भएका थिए ।
घाइते दुबैको राजलक्ष्मी अस्पताल कलैयामा उपचार भैरहेकोमा कुशवाहाको मृत्यु भएको हो । साहलाई थप उपचारको लागी न्युरो अस्पताल वीरगंज पठाइएको छ । दहियारबाट गन्जभवानीपुर तर्पm जाँदै गरेको प्रदेश २–०३–०२०प ४१७२ नम्बरको मोटरसाइकल गएराती पौने १० बजे अनियन्त्रित भएर पल्टिएको प्रहरी चौकी बरियारपुर बाराले जनाएको छ ।
प्रतिक्रिया