अजय यादव वियोगी
कलैया ,बारा ।
देवताल गाउँपालिका -६ रौवाहीमा पोखरीमा डुबि एक महिलाको मृत्यु
बाराको देवताल गाउँपालिका -६ रौवाहीमा एउटा घटना घटेको छ ।
मिति २०७९/०३/१० गते अं.११:१० बजेको समयमा जिल्ला बारा देवताल गा.पा.- ६ रौवाही स्थितमा रहेको ने.रा.प्रा.बि.को (कम्पाउण्ड) भित्र रहेको पोखरीमा जिल्ला बारा देवताल गा.पा.-६ बस्ने स्वर्गिय बिजय ठाकुरको श्रीमती अं.३५/३६ की सुनिता देवी पोखरीमा डुबि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो । मृत्युको खवर प्राप्त हुन साथ देवताल चौकी बाट प्र.स.नि.को कमाण्डमा टोली र तालुक जि.प्र.का. बाट प्र.नि.को कमाण्डमा मुचुलका सहितको टोलि खटि गई मुचुल्का समेत बनाएको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता थापाले बताउनुभयो ।घटना कसरी भएको हो छानबिन तथा अनुसन्धान समेत भईरहेको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।
प्रतिक्रिया