कृष्णा गुप्ता
सिम्रौनगढ ,बारा ।
"बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर -२ का वडाध्यक्ष अरविन्दकुमार मुखियाले पदभार ग्रहण "
बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर -२ का वडाध्यक्ष अरविन्दकुुमार मुखियाले पदभार ग्रहण गरेका छन् ।वडा नम्बर-२ रानीवास बजार नजिकै रहेको वडा कार्यालयमा एक कार्यक्रमका बिच वडाध्यक्ष मुखियाले पदभार ग्रहण गरेका हुन ।पदभार ग्रहण कार्यक्रममा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।वडावासीको उल्लेख मात्रामा सहभागिता रहेको थियो।पदभार ग्रहण कार्यक्रममा नेपाली काँग्रेसका मधेस प्रदेश समितिका उप-सभापति चन्द्रशेखर यादव ,नेपाली काँग्रेस का नेता सिकिन्द्र प्रसाद यादव ,वडा सदस्यमा निर्वाचित दिपक महतो , भुवन कुशवाहा ,वडा सचिव साहेब कुमार ,सहायक प्राविधिक धर्मेन्द्र कुमार ,भोलाप्रसाद गुप्ता ,दिपेन्द्र प्रसाद गुप्ता ,छठु प्रसाद गिरी ,धिरज कुमार,संतोष कुमार कुशवाहा ,पहाडी राम ,पवन गुप्ता,धुपनारायण गुप्ता ,शिक्षक रामु प्रसाद यादव ,बासदेव साह ,सुनिलकुमार ,विश्वम्भर कुमार यादव ,मदनलाल ठाकुर लगायतका विशेष उपस्थिति रहेको थियो ।पदभार ग्रहणपछि वडाध्यक्ष अरविन्द कुमार मुखियाले एम्बुलेन्स ,ग्रिन पार्क रानीवास बजारलाई स्वच्छ र।सफा बनाउन अाफू लागि पर्ने वहाँले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।सिम्रौनगढ नगरपालिकाको मुख्य ठाउँ भएको रानीवास बजारलाई बारामा मात्र नभई देशमै चिनाउन लागि अाफूले काम गर्ने वडाध्यक्ष मुखियाले बताउनुभयो।नेपाली काँग्रेसका मधेस प्रदेश समितिका उप -सभापति चन्द्रशेखर प्रसाद यादवले नेपाली काँग्रेसका वडाध्यक्ष तथा जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिएका छन् ।संकटकालिन अवस्थामा नेपाली काँग्रेसकै अावश्यकता भएकाले नेपाली काँग्रेसको बिना देश चल्न मुश्किल हुने समेत मधेस प्रदेश समितिका उप-सभापति यादवले बताउनुभयो ।सिम्रौनगढ नगरपालिका वडा नम्बर -२का वडावासीको उल्लेख मात्रामा सहभागिता रहेको थियो ।
प्रतिक्रिया