अजय यादव वियोगी
कलैया ,बारा ।
"बाराको महागढीमाई नगरपालिका -२ का वडाध्यक्ष विश्वनाथप्रसाद कुशवाहाले गरे पदभार ग्रहण ,जनताको काममा निरन्तर लागि रहने"
विश्व प्रसिद्ध भगवती श्री गढीमाईको मन्दिर रहेको एेतिहासिक एवम् पुरातात्त्विक नगरी महागढीमाई नगरपालिका वडा नम्बर -२ बरियारपुरमा एक कार्यक्रमका बिच नवनिर्वाचित वडाध्यक्ष विश्वनाथप्रसाद कुशवाहाले पदभार ग्रहण गरेका छन् ।महागढीमाई नगरपालिकाको ११ वटा वडामध्ये सबैभन्दा बढी चर्चामा रहने वडा नम्बर -२ मा श्री गढीमाई ट्रष्टका उपाध्यक्ष एवम् समाजसेवी विश्वनाथप्रसाद कुशवाहा वडाध्यक्ष पदमा निर्वाचित भएपछि बरियारपुरबासी खुशी भएका छन् ।अाज एक कार्यक्रमका बिच वडाध्यक्ष कुशवाहाले पदभार ग्रहण गरेका हुन ।वडाध्यक्ष पदमा निर्वाचित गराउने सम्पूर्ण मतदाता ,समाजसेवी ,पत्रकार तथा शुभेच्छुक सबैको सहयोगले जित हासिल भएको र सबैको अादर गरेर नै अगाडि बढने वडाध्यक्ष विश्वनाथ प्रसाद कुशवाहाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।बरियारपुर बजारलाई विश्वमा चिनाउनको लागि काम गरिने समेत वडाध्यक्ष कुशवाहाले बताउनुभयो ।पदभार ग्रहण कार्यक्रममा नेकपा एमालेका नेता कार्यकर्ताहरुको विशेष उपस्थिति रहेको थियो ।पदभार ग्रहण कार्यक्रममा वडा नम्बर -२का वडावासीको उल्लेख मात्रामा सहभागिता रहेको थियो ।
प्रतिक्रिया