राजन कुमार बनिया
जिराभरावानी , पर्सा असार १५ गते ।
पर्साकाे जिराभवानी गाउँपालिकाकाे १०औं गाउँ सभा बुधबार सम्पन्न भएकाे छ । गाउँपालिका अध्यक्ष श्री अनोज चौधरीको अध्यक्ष्ातामा गाउँ सभाको अगामी आर्थिक बर्ष २०७९/०८० काे ३६ कराेड ३९ लाख २२ हजार बराबरकाे नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएकाे छ ।
चालू खर्च तर्फ ८ करोड ७० लाख ८१ हजार ,पुजिगत तर्फ ११ करोड ५७ लाख ३७ हजार , सशर्त तर्फको चालू खर्च ११ करोड , ८२ लाख , आयतर्फ ११ करोड ३० लाख , ३४ हजार सशर्ततर्फ १३ करोड ११ लाख , सम्पुरक तथा विशेष आनुदान ३ करोड प्रदेस सरकारको तर्फबाट बाड फाड ८ करोड ८५ हजार आन्तरिक तर्फबाट १ करोड २६ लाख, समाजिक विकास तर्फ दुई कराेड ४१ ला विनियाेजन गरिएकाे गाउँपालिकाकी उपा आध्य्क्ष रेखा चौधरी जानकारी गराएकी छिन् ।
गाउँपालिका अध्यक्ष अनोज चौधरी अगामी आर्थिक बर्षकाे नीती तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयहरुमा विद्यार्थीहरुलाई ल्याउ, टिकाउ र सिकाउ अभियान संचालन गरिने वताए । साथै उनले विद्यालयलाई आपंगता तथा बालमैतृ बनाइने वताएका छन् ।
उनले भने “कक्षा १० का विद्यार्थीहरुकाे लागि अतिरिक्त कक्षा संचालन गरिने छ । एसईईमा उत्कृष्ट अंक ल्याएर उतिर्ण हुने छात्र/छात्राहरुलाई प्राेत्साहनसहित छात्रवृति प्रदान गरिने छ ।
अध्यक्ष चौधरी गाउँपालिकाबाट प्रवाह हुने सेवा मुस्कानसहित प्रदान गरिने वताएका छन् । उनले सासु, ससुरालाई राम्राेसंग स्याहार सुसार गर्ने बुहारीलाई सम्मान गरिने समेत बताएका छन् ।
उनले महादेवपटि, जितपुर बर्थिङ सेन्टर संचालन गरिने, प्रत्येक वडाकाे स्वास्थ्य चाैकीमा एमबिबिएस डाक्टरकाे व्यवस्था गरिने र गाउँपालिकामा १५ बेडकाे अस्पताल संचालनकाे लागि संघ र प्रदेश सरकारसंग पहलन गरिने बताएका छन् ।
उनले जिराभवानी गाउँपालिकालाई समृद्ध र सुखी बनाउने दिर्घकालीन उद्देश्य अनुरुप आर्थिक सामाजिकविकासको मौलिक ढाँचामा गाउँपालिका अगाडि बढि रहेको वताए जिराभवानी गाउँपालिका भएकाे गाउँ सभाकाे नेपाली कांग्रेस पर्साका क्षेत्र न ४ (क) प्रदेस सभा सद्स्य श्री शंकर प्रसाद चौधरी ज्युको प्रमुख आतिथि सभा उद्घाटन गरेका थिए ।
गाउँ सभा उद्घाटन सत्रमा नेपाली कांग्रेस पर्साका उप सभापति सत्यनारायण साह प्रमुख प्रशासकिय अधिकृत प्राण मेहता वडाध्यक्षहरु महादेव महतो थारु , रामशरण खवास थारु नेपाली काग्रेसका दारा राउत थारु , राजेसवर दास थारु ,सुरुज राय थारु साथै पत्रकार लगायतकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रमकाे संचालन गाउँकार्यपालिका सदस्य श्री सरोज चौरसियाले गरेका थिए।
प्रतिक्रिया