अजय यादव वियोगी
कलैया ,बारा
"मोटरसाइकल अनियन्त्रित भई घाइते भएका बिरगंज महानगरपालिका -६ का ३५ बर्षिय रंजित डोकानियाको मृत्यु ,अन्य दुई जना घाइते "
बारामा दिनप्रतिदिन सवारी दुर्घटना बढदै गएका छन् ।त्यसमध्ये अौधोगिक क्षेत्रमा झन् दुर्घटनाका घटना बढदै गएका छन् ।यहीँ २०७८/०२/२१ गते अ३:५० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.२३ कोइला डिपो अगाडी बिरगंज पथलैया सडक खण्डमा जितपुरबाट बिरगंज तर्फ जाँदै गरेको प्र.२-०३-०२२ प.५३०८ न.को मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा मो.सा.चालक जिल्ला पर्सा बिरगंज म.न.पा.०६ बस्ने वर्ष ३५ को रंजित डोकानियाको टाउकोमा चोट लागेको हो ।चोट लागेपछि गम्भीर घाइते भएका डोकानियाकोलाई बिरगंजको वयोधा अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।मोटरसाइकलमा पछाडि सवार निजकै श्रीमती अ.वर्ष ३३ कि कृति डोकानियाको निधार,घुंडामा चोट लागेको पनि प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता थापाले बताउनुभयो ।निजकै छोरा अ.वर्ष ४/५ को बोटला डोकानियाको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको सबै घाइतेको वयोधा अस्पताल बिरगंजमा उपचार भइरहेको मोटरसाइकल चालक रंजित डोकानियाको ४:५५ बजेको समयमा सोही अस्पतालमा मृत्यु जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।घाइते भएका निजका श्रीमती र छोराको उपचार भईरहेको र उपचारमा निजकै अाफन्तको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता थापाले बताउनुभयो ।दुर्घटनाको घटना न्युनिकरण गर्न अभियान चलाउनुपर्ने अावश्यकता समेत भएको सरोकारवालाहरुको भनाई रहेको छ ।
प्रतिक्रिया