Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

पर्सामा मतदानको सम्पूर्ण तयारी पूरा

वीरगंज, २९ वैशाख । शुक्रवार सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पर्सामा पुरा भएको छ ।  वीरगंज महानगरपालिकासहित १४ प...

वीरगंज, २९ वैशाख । शुक्रवार सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पर्सामा पुरा भएको छ । 
वीरगंज महानगरपालिकासहित १४ पालिकामा रहेका १ सय ६७ मतदान केन्द्रमा नेपाल प्रहरीका २ हजार ८ सय ५०, सशस्त्र प्रहरीका ८ सय र गस्तीमा नेपाली सेनासहित खटाइएको छ । 
पर्सामा मौन अवधि शुरू भएसँगै सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओम प्रकाश खनालले बताउनुभयो । 
सुरक्षा व्यवस्था अनुसार पहिलो चरणमा नेपाल प्रहरी, दोस्रो चरणमा सशस्त्र प्रहरी र तेस्रो तथा अन्तिम चरणमा नेपाली सेनाको टोली परिचालन गरिएको छ । नेपाल नम्बर १३ गुल्म हेडक्वार्टर पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेज प्रकाश पोखरेलका अनुसार मतदान केन्द्रहरूमा ८ सय जना सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
निर्वाचनमा सीमा नाकाको सुरक्षा व्यवस्थाका लागि भारतीय एसएसबी ४७ र ४४ का कमान्डरसँग पनि समन्वय गरिएको सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । 
मङ्गलवार मध्यरातदेखि शुरू भएको मौन अवधिलाई मध्यनजर गर्दै सीमा नाकामा पनि आवागमन बन्द गरेर सीमा सिल गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो । 
नेपाली परिचय पत्र भएका नागरिकलाई भारतबाट नेपाल प्रवेश गर्न दिइएको छ भने नेपालबाट भारततर्पm जान भने पूर्ण रूपमा प्रतिबन्ध लगाइएको भए पनि अति आवश्यक कार्यका लागि प्रशासनको सिफारिसका आधारमा आवागमन खुला गरिएको ढकालले बताउनुभयो । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content