Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाराको पचरौता नगरपालिकामा मेयर जलन्धर सिँहले गराए ,उप-मेयर सहित वडाध्यक्षलाई शपथ ग्रहण

 अजय यादव वियोगी  कलैया ,बारा । "बाराको पचरौता नगरपालिकामा मेयर जलन्धर सिँहले गराए ,उप-मेयर सहित वडाध्यक्षलाई  शपथ ग्रहण " बाराको ...

 अजय यादव वियोगी 

कलैया ,बारा ।

"बाराको पचरौता नगरपालिकामा मेयर जलन्धर सिँहले गराए ,उप-मेयर सहित वडाध्यक्षलाई  शपथ ग्रहण "



बाराको १६ पालिका मध्ये सबैभन्दा कान्छो नगरपालिकाको रुपमा रहेको पचरौता नगरपालिकामा मेयर जलन्धर सिँहले उप-मेयर नसिमा खातुन लगायत लोकतान्त्रिक समाजवादी पार्टी ,नेपालबाट निर्वाचित  वडा नम्बर -१ का वडाध्यक्ष विनयकुमार सिँह ,वडा नम्बर -३मा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष धेनुक पटेल ,वडा नम्बर -५ मा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष लक्ष्मी प्रसाद यादव र वडा नम्बर -७ मा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष बनारसी मुखिया बिनलाई शपथ ग्रहण गराएका छन् ।अाज नै जिल्ला अदालतमा शपथ लिएका मेयर सिँहले साँझमा नवनिर्वाचित उप-मेयर ,वडाध्यक्ष ,महिला सदस्य ,दलित महिला महिला सदस्य ,खुल्ला तर्फका पुरुषहरुलाई समेत ग्रहण गराएका हुन ।पचरौता नगरपालिकाकाको कार्यालय उक्त शपथ ग्रहण कार्यक्रम गरिएको हो  पचरौता नगरपालिकाका मेयर जलन्धर सिँहको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका मधेस प्रदेशका सह-ईन्चार्ज एवम् बाराका नेता   अच्युत मैनाली रहनुभएको थियो ।विशिष्ट अतिथिहरुमा नेकपा एमालेका नेता जयप्रकाश यादव ,उप मेयर -नसिमा खातुन लगायतका रहेकि थिईन ।शपथ ग्रहण कार्यक्रममा मेयर सिँहले पचरौता नगरपालिकाका लागि योगदान पुर्याएका  शिक्षक ,समाजसेवी ,पत्रकार तथा अन्य भरभलादमीलाई सम्मान गरेका हुन ।४ वटा वडाध्यक्षहरुले लिएको शपथ मध्ये लोकतान्त्रिक समाजवादी पार्टी,नेपालका चर्चित नेता एवम् वडा नम्बर -१ का वडाध्यक्ष विनयकुमार सिँहले अाफ्नै मातृभाषा भोजपुरी भाषामा शपथ लिएका छन् ।अन्य बाँकी सबै नेपाली भाषामा शपथ लिएको बताईएको छ ।सुरुमा  पचरौताका मेयर जलन्धर सिँहले  उप -मेयर नसिमा खातुनलाई शपथ ग्रहण गराएपछि बाँकी अन्यलाई शपथ ग्रहण गराएका छन् ।पचरौता नगरपालिकामा नेकपा एमालेको विजयीले बाराबासी नै हर्षित भएको तथा अथक परिश्रमपछि मिलेको सफलताका लागि पचरौताबासी धन्यवादको पात्र रहेको प्रमुख अतिथि एवम् नेकपा एमालेका मधेस प्रदेशका सह-ईन्चार्ज अच्युत मैनालीले बताउनुभयो ।नेकपा एमालेबाट जितेकाहरुले घोषणापत्रमा नै लेखे बमोजिम अर्थात शाषक नभई सेवक भएर जनता काम गरिने अाफू ढृढ रहेको समेत प्रमुख अतिथि मैनालीले बताउनुभयो ।विगतमा पचरौताको अवस्था झन् खसेको अहिले नवनिर्वाचित जनप्रतिनिधिहरु अाएपछि मिलेर जाने वातावरण सृजना गर्नुपर्ने अावश्यकता समेत भएको प्रमुख अतिथि मैनालीले बताउनुभयो ।पचरौतामा धेरै विकृति बढेको ती विकृतिहरुलाई नवनिर्वाचित मेयरले सुधार्नु पर्ने अावश्यकता रहेको वक्ताहरुको भनाइ रहेको छ । पचरौता नगरपालिकाका मेयर जलन्धर सिँहले केही भगौडाहरुले गर्दा शपथ ग्रहणले पुर्णता नपाएको बताउनुभएको छ ।कानुनी राज्यमा भएर कानुनको खिल्ली शपथ लिनु भन्दा छिमेकी मुलुकमम गएर बस्नु अाफैँमा अमर्यादित भएको समेत मेयर सिँहले बताउनुभयो ।पहिलकाको पचरौता नभई अहिले जनताले परिवर्तन ल्याउन खोजेकोले अाफू त्यहीँ अनुसार ाै काम गर्दै जाने मेयर सिँहले बताउनुभयो । मेयर सिँहले शपथ ग्रहण गराएलगतै विभिन्न कार्यक्रममा  छुट मिनाहा गर्ने उद्घघोष समेत । ,विवाह दर्ता , मृत्यु दर्ता प्रमाणपत्रमा निशुल्क सेवा  उपलब्ध गराउने भएका छन् ।शिक्षा उन्नतीका  लागि मेयर सिँहले छुट्टाछुट्टै पकेट सञ्चालन समेत गरिने भएका छन् ।



त्यस्तै मेयर  जलन्धर सिँहले  अाजैबाट पचरौता  नगरपालिकाको कायापल्ट गरिने समेत बताउनुभएको छ ।बिना ब्यानरको नै हुनु भनेको  कर्मचारीहरुको खराबी भएको बताईएको छ ।पचरौताबासीको  उल्लेख मात्रामा सहभागिता रहेको थियो ।कार्यक्रममा फजुल खर्च नगरिने समेत प्रतिज्ञा   मेयर सिँहले गरेका छन् ।अाज नै पचरौता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादवले पचरौता नगरपालिकाका मेयर जलन्धर सिँहलाई साँचो हस्तान्तरण गरेका हुन ।अाजैबाट नै मेयर सिँहले उक्त गाडीमा सवार भएको नेकपा एमालेका यूवाहरुले बताएका छन् ।अाज १७ जनाको शपथ ग्रहण गराईएको समेत प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।बाँकी सबैको केहीदिनमै शपथ ग्रहणको अायोजना गरेर शपथ खुअाउने  भएको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content