अजय यादव वियोगी
कलैया ,बारा ।
"बाराको कलैया उपमहानगरपालिका -१२ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय धर्मनगरमा भर्ना अभियान सम्बन्धि कार्यक्रम सुरु "
"सबै बालबालिकालाई विधालय पठाअौँ
शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौँ "
भन्ने मुल नाराका साथ बाराको कलैया उपमहानगरपालिका वडा नम्बर -१२ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय धर्मनगरमा २०७९को शैक्षिकसत्रको लागि अौपचारिक रुपमा भर्ना अभियान सुरु भएको छ ।कलैया उपमहानगरपालिका वडा नम्बर -१२ का वडाध्यक्ष लालबाबु मण्डल र विधालयका प्रधानाध्यापक भरत प्रसाद केशरीले संयुक्तरूपमा विधालयमा भर्ना अभियान
सम्बन्धि कार्यक्रमको र्याली कार्यक्रम सम्पन्न भएको छ ।कक्षा -५ देखि १०को बिधार्थीहरु हातमा प्ले कार्ड बोकी नगर परिक्रमा गरेका थिए ।भर्ना अभियान सफल बनाउन सबै सरोकारवालाहरुको सहयोग जरुरी रहेको वडा नम्बर -१२ का वडाध्यक्ष लालबाबु मण्डलले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।बिधार्थीलाई सहज वातावरणमा शिक्षा दिलाउन र भौतिक पुर्वाधार सम्बन्धि सबैको ध्यान दिने वडाध्यक्ष मण्डलले बताउनुभयो ।भर्ना अभियान अौपचारिकमा सुरु भएकाले समयमा नै बालबालिकाको नामाकरण गराउन र्याली गरेको विधालयका प्रधानाध्यापक भरत प्रसाद केशरीले बताउनुभयो ।कार्यक्रममा विधालयका शिक्षक सत्यदेव प्रसाद गिरी ,प्रदिप कुमार ,नसिर अख्तर ,लेखापाल संजय यादव ,शिक्षक हरिभुषण यादव ,शिक्षिकाद्वय समिना खातुन ,नितु यादव लगायतको विशेष उपस्थिति रहेको थियो ।
प्रतिक्रिया