Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

महानगरले सम्पत्ति कर ४ सय प्रतिशत बढाएकाे वीरगञ्जका उद्योगी व्यसायीको आरोप

वीरगञ्ज, १७ बैशाख । वीरगञ्ज उधाेग वाणिज्य संघका अध्यक्ष डा. सुबाेध कुमार गुप्ताले वीरगन्ज महानगरले बढाएकाे करले जनताकाे ढाड सेकिएकाे बताए । ...

वीरगञ्ज, १७ बैशाख । वीरगञ्ज उधाेग वाणिज्य संघका अध्यक्ष डा. सुबाेध कुमार गुप्ताले वीरगन्ज महानगरले बढाएकाे करले जनताकाे ढाड सेकिएकाे बताए । जनतासँग भए गरेका केही सम्पत्ति पनि कर तिरेरै सिद्दिने हाे कि भन्ने अवस्था आएकाे उनको भनाई छ ।

स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकाकाे मेयर पदका उम्मेदवार राजेशमान सिंहसँग संघले आफ्नै सभाहलमा आयाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा बाेल्दै गुप्ताले यस्ताे बताएका हुन् । महानगरले सम्पत्ति कर ४ सय प्रतिशत बढाएकाेले त्यसलाई न्युनिकरण गर्नुपर्ने उनको भनाई थियाे ।

प्रदेश र केन्द्र सरकारले वीरगन्जमा देखिने खालकाे कुनै काम गर्न नसकेकाेले महानगरसँग सहकार्य गरेर संघले सिग्नेचर प्राेजेक्ट गर्न चाहेकाे गुप्ताले बताए ।
       
कार्यक्रममा संघका पूर्व अध्यक्षहरू अशाेक टेमानी, गणेश लाठ, प्रदीप केडिया तथा पदाधिकारी माधव राजपाल, अनिल पटवारीलगायतले उधाेगी व्यवसायीकाे लागि मेयरमा निर्वाचीत भएपछि गर्नुपर्ने कामकाे सुझाव तथा जिज्ञासा राखेका थिए ।

स्थानीय सरकारकाे ५ वर्षे कार्यकाल सुखद नभएकाे, सर्वसुलभ सेवा र सुशासन महशुस गर्न नसकिएकाले तपाईं कसरी अगाडि बढ्नुहुन्छ भनेर सिंहलाई प्रश्न गरीएकाे थियाे ।
       
जवाफमा सिंहले आफू भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाएर अगाडि बढ्ने बताए । उनले आफू सबै विषयकाे विज्ञ हुन नसक्ने हुँदा हरेक क्षेत्रका विज्ञलाई साथमा लिएर विकासकाे एक मात्र लक्ष्य राखेर अगाडि बढ्ने बताए । तपाईंहरूकाे समस्याको समाधान तपाईंहरूलाई नै थाहा छ त्यसकाे जिम्मा म तपाईंहरूलाई नै दिन्छु । यसाे गर्दा  समस्याको सहि हल निस्कन्छ । म सबैलाई समेटेर अगाडि बढ्छु सिंहले भन्नुभयाे । संघले मेयरका उम्मेदवारहरू सबैसँग यस किसिमको अन्तरक्रिया गर्ने जनाएको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content