Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

ऐतिहासिक एवम् पुरातात्त्विक नगरी सिम्रौनगढ नगरपालिकामा लोसपाका किशोरी प्रसाद कलवार भारी मतानन्तरले मेयरमा विजयी ,उप-मेयरमै लोसपाकै नजमु शेहरले जित हासिल गरिन

 अजय यादव वियोगी  कलैया ,बारा । "ऐतिहासिक एवम् पुरातात्त्विक नगरी सिम्रौनगढ नगरपालिकामा लोसपाका किशोरी प्रसाद कलवार भारी मतानन्तरले मेय...

 अजय यादव वियोगी 

कलैया ,बारा ।

"ऐतिहासिक एवम् पुरातात्त्विक नगरी सिम्रौनगढ नगरपालिकामा लोसपाका किशोरी प्रसाद कलवार भारी मतानन्तरले मेयरमा विजयी ,उप-मेयरमै लोसपाकै नजमु शेहरले जित हासिल गरिन"



बाराको १६ पालिका मध्ये सबैभन्दा पुरानो , एेतिहासिक तथा पुरातात्त्विक नगरीको रुपमा रहको सिम्रौनगढ कुनै सिम्रौनगढ राज्य नै थियो ।१२ अौँ शताब्दीमा सिम्रौनगढ राज्यको कहानी सबैलाई थाहा नै हो ।स्थानीय तहको चुनाव २०७९ मा बारामा रहेको सबै पालिकामध्ये सिम्रौनगढमा धेरैको नजर रहेको थियो ।एेतिहासिक एवम् पुरातात्त्विक नगरी सिम्रौनगढको बागडोर अब लोकतान्त्रिक समाजवादी पार्टी ,नेपालको हातमा पुग्न गएको छ ।"केही गरियो ,अझै गर्न सकिन्थ्यो ,धेरै गर्न बाँकी छ।लोकतान्त्रिक समाजवादी पार्टी ,नेपालको स्थानीय तह निर्वाचन २०७९ घोषणापत्रमा यहीँ नारा लेखिएको छ ।यहीँ नाराले नै सिम्रौनगढबासीको मन जित्न सफल भएपछि लोकतान्त्रिक समाजवादी पार्टी ,नेपालका बाराका  प्रभावशाली नेता किशोरी  प्रसाद कलवारले कुल मत २१ हजार ३ सय ३८ मध्ये ११ हजार १ सय ३७ मत ल्याई प्रतिद्वन्द्वीभन्दा १ हजार ८ सय २६ बढी मत ल्याई मेयर पदमा विजयी भएका छन् ।निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका यूवा नेता एवम् पुर्व मेयर विजयशँकर प्रसाद यादवले ९ हजार ३ सय ११ मत प्राप्त गर्न सफल भएका छन् ।नेपाली काँग्रेसका यूवा नेता एवम् पुर्व मेयर यादवलाई १ हजार ८ सय २६ मतलेबढी ल्याई कलवार विजयी भएका हुन ।जनताले पुर्व मेयर यादवलाई बदल्न समेत खोजेको जनताले दिईएको मतबाट स्पष्ट भएको हो ।नेकपा एमालेका मेयर पदका उम्मेदवार ताराचन्द्र प्रसाद ले ४ सय ७० र जनता समाजवादी पार्टी ,नेपालकि मेयर पदका उम्मेदवार शैल देवी अहिरीनले २ सय १८ मत प्राप्त गरेकि थिईन ।यस्तै उप -मेयरमा लोकतान्त्रिक समाजवादी पार्टी ,नेपालकि नजमु शेहर कुल मत २१ हजार ७ सय १२ मत मध्ये ९ हजार ८ सय ४३ मत ल्याई प्रतिद्वन्द्वीभन्दा १ हजार ३ सय ८० बढी मत ल्याई विजयी भएकि हुन ।उनकि निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकि रीता कुमारी देवी ८ हजार ४ सय ६३ मत प्राप्त गर्न सफल भएकि हुन ।तेस्रो स्थानमा जसपाका उप -मेयर पदका उम्मेदवार पन्नालाल प्रसाद कुशवाहा १ हजार ४ सय ७२ मत ल्याएको सिम्रौनगढ नगरपालिकाका निर्वाचन अधिकृत मनोजप्रसाद गुप्ताले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।शान्तिपूर्ण ढंगले सिम्रौनगढमा चुनाव सम्पन्न भएको र केही ठाउँमा विवाद भएपनि सामान्यरुपले नै मिलाएको निर्वाचन अधिकृत गुप्ताले बताउनुभयो।यस्तै वडा नम्बर -१ मा कुल मत १ हजार ६ सय ८७ मध्ये ५ सय ९४ मत ल्याई नेपाली काँग्रेसका दिनदयाल मुखिया वडाध्यक्ष पदमा विजयी भएका हुन ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिपेन्द्र कुमार कुशवाहा ५ सय ५०मत प्राप्त गर्न सफल भएका छन् ।तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी ,नेपालका प्रेम प्रसाद यादव ५ सय ४३ मत ल्याउन सफल भएका छन् ।वडा नम्बर -२ मा नेपाली काँग्रेसका अरविन्द कुमार कुल मत १ हजार ४ सय ७२ मध्ये ३ सय ८० मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी ,नेपालका रामचन्द्र महतो कोईरी ३ सय ६७ मत प्राप्त गर्न सफल भएका छन् ।तेस्रो स्थानमा नेकपा एमालेका प्रमान्नद मुखिया ३ सय ४६ मत प्राप्त गर्न सफल भएका छन् ।वडा नम्बर -४मा नेपाली काँग्रेस का अवधेश कुमार सहनी कुल मत १ हजार ३ मध्ये ९ सय ५८ मत ल्याई विजयी भएका छन्।निकटतम प्रतिद्वन्द्वी लोसपाका युवा नेता एवम् पुर्व वडाध्यक्ष राजेश प्रसाद यादव ८ सय २५ मत प्राप्त गर्न सफल भएका छन् ।निर्वाचन अधिकृत मनोजप्रसाद गुप्ताले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।वडा नम्बर -५ मा नेपाली काँग्रेसका शिवमंगल प्रसाद कुल मत १ हजार ६ सय ५६ मध्ये ८ सय १८ मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका छन् ।निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी ,नेपालका रामबहादुर राउत कुर्मीले ६ सय ४९ मत प्राप्त गर्न सफल भएका छन् ।वडा नम्बर -६ मा लोसपाका नन्दकिशोर प्रसाद कुल मत २ हजार २ सय ६५ मध्ये १ हजार २१ मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका छन् ।निकटतम प्रतिद्वन्द्वी नेकपा माअोवादी केन्द्रका संतोष कुमार कुशवाहा ६ सय ७३ मत प्राप्त गर्न सफल भएका छन् । नेपाली काँग्रेसका नेता एवम् पुर्व वडाध्यक्ष शँकर साह कानु ५ सय २९ मत प्राप्त गर्न सफल भएका छन्।वडा नम्बर -७ मा लोसपाका विवेक मेहता कुल मत २ हजार २ सय ६५ मध्ये १ हजार १ सय ६ मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका छन् ।निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ईन्ताहाजुल हक अंसारी ५ सय ९१ मत प्राप्त ल्याउन सफल भएका छन ।नेपाली काँग्रेसका रमेश प्रसाद कुशवाहा ४ सय ३९ मत ल्याई तेस्रो स्थानमा पर्न सफल भएका हुन ।वडा नम्बर -८ मा नेकपा( एस)पार्टीका रामदिनेश प्रसाद यादव कुल मत ३ हजार ५९ मध्ये १ हजार ६ सय २४ मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका छन् ।निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मनिष कुमार जयसवाल ९ सय ४९ मत ल्याउन सफल भएका छन् ।लोसपाका सियाराम प्रसाद यादव ३ सय ४८ मत ल्याई तेस्रो स्थानमा  पर्न सफल भएका छन्।वडा नम्बर -९ मा नेपाली काँग्रेसका रामएकबाल प्रसाद कुल मत २ हजार ४० मध्ये ६ सय ७७ मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माअोवादी केन्द्रका सुरेन्द्र यादव ५ सय ५३ मत ल्याउन सफल भएका छन् ।राप्रपाका अरविन्द कुमार यादव ४ सय ७५ मत ल्याई तेस्रो स्थानमा पर्न सफल भएका छन्।वडा नम्बर -१० मा नेपाली काँग्रेसका राजकुमार यादव कुल मत २ हजार ७७ मध्ये १ हजार ४७ मत ल्याई विजयी भएका छन् ।निकटतम प्रतिद्वन्द्वी लोसपाका हरिशँकर प्रसाद यादवले ९ सय ३ मत प्राप्त गर्न सफल भएका छन्।वडा नम्बर -११ मा नेपाली काँग्रेसकै सुरेन्द्रप्रसाद जयसवाल कुल मत २ हजार ३ सय ५८मध्ये १ हजार ७७ मत ल्याई विजयी भएका छन्।निकटतम प्रतिद्वन्द्वी लोसपाका हेमचन्द प्रसाद जयसवाल ९ सय ८५ मत ल्याएको निर्वाचन अधिकृत मनोजप्रसाद गुप्ताले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content