Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

ईमानदार छविका प्रमुख प्रशासकीय अधिकृत पालले हल्लाए जिसस सभापतिको कुर्सी ,अनियमितता खुल्ने डरले हाजिर हुन नदिने बनाए बहाना

 अजय यादव वियोगी  कलैया ,बारा । "ईमानदार छविका प्रमुख प्रशासकीय अधिकृत पालले हल्लाए जिसस सभापतिको कुर्सी ,अनियमितता खुल्ने डरले हाजिर ह...

 अजय यादव वियोगी 

कलैया ,बारा ।




"ईमानदार छविका प्रमुख प्रशासकीय अधिकृत पालले हल्लाए जिसस सभापतिको कुर्सी ,अनियमितता खुल्ने डरले हाजिर हुन नदिने बनाए बहाना " 

जब सबैसँग हारिन्छ त्यसैबेला झुठको खेती हुन थाल्छ।गल्ती गर्नेले ढाकछोप गर्न हर प्रयत्न जारी राख्ने गर्दछ तर गल्ती गर्नेको एकदिन पर्दाफास भएर अाउने गर्दछ ।यस्तै चक्रव्युह चल्दै छ ।बाराको सबैभन्दा बढी अनियमित काम हुने र कमसल कामका लागि ख्याति कमाएका देवताल गाउँपालिकामा अहिले प्रमुख प्रशासकीय अधिकृतको हाजिरीलाई लिएर मच्चेसम्मको हाहाकार मचिएको छ ।एक ईमानदार छविका कर्मचारीलाई दुनियाँलाई चकित तुल्याउन बेर लाग्दैन ।ईमानदार छविका प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पाललाई देवताल गाउँपालिकामा हाजिर गराउने बिषयलाई लिएर अाकाशमा बादल मडमडाए जस्तै अहिले सत्ताधारी


मडमडाएकाले देवताल भ्रष्टाचार अखडा बन्न पुगेको सहजै अनुमान गर्न सकिने देवताल गाउँपालिकाका स्थानीयबासीहरुले बताएका छन् ।ईमानदार छविका प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालसँग देवताल गाउँपालिका अध्यक्ष चन्दनकुमार सिँह मात्र नभई बारा जिल्ला समन्वय समिति सभापति नवलकिशोर सिँह समेत मुछिएका छन् ।ईमानदार छविका प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालले सबै कर्तुत बाहिर ल्याईदेला भन्ने डरले जिसस सभापति सिँहको कुर्सी डगमगाउन थालेको बाराका जानकारहरुले बताएका छन् ।बाराको सदरमुकाम कलैया देखि दक्षिणी भेगमा पर्ने सानो पालिकाका रुपमा रहेका देवताल गाउँपालिकामा सुशासन कायम भन्दा कुशासनको राज्य कायमप्रति नागरिक उदास भएको स्थानीयबासी जोगेन्द्र प्रसाद साहले बताउनुभयो ।देवतालमा सधैं विवाद हुनुको मुख्य कारण नेतृत्व पंक्ति असक्षम र अदक्ष भएका कारण यति बखेडा जिख्नु परेको स्थानीयबासी साहको भनाइ रहेको छ ।गत शुक्रबार हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पाललाई हाजिर हुन नदिन विभिन्न षड्यन्त्रमात्र नभई मिडियाबाजि समेत अधिक हुने गरेको छ ।भ्रष्ट र अनियमिता खुल्ने डरले गाउँपालिका अध्यक्ष चन्दन कुमार सिँहको बलबुताले

नभ्याएका अब जिसस सभापति नवलकिशोर सिँह मुछिएका हुन ।नातामा अाफ्नै पर्ने भतिजो चन्दन कुमार सिँह अपरिपक्व मात्र राजनीतिको शुन्य समेत जानकारी नभएकाले विगत देखि नै जिसस सभापति नवलकिशोर सिँह नैतिकताले बुझ्दाबुझ्दै नातावाद र कृपावादको लोभमा परेर जनतासँग गरेको वाचा समेत पूरा गर्न नसकेका बाराका स्थानीय बुद्धिजीवीहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।देवताल गाउँपालिकाबाट अलपसंख्यक कोटाबाट सदस्यमा लडि  चुनाव जितेर जिसस सभापतिमा अाएका नवलकिशोर सिँहले त्यसैको ब्याज स्वरुप अहिले ईमानदार छविका प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पाललाई हाजिर गराउने बहाना मात्र नभई षड्यन्त्र समेत रचिएको रहस्य बाहिर अाएको छ ।विगतमा गाउँपालिका अध्यक्ष चन्दनकुमार सिँहले पालिकाको भवन बनाउँदा ,बर्थिङ सेन्टर ,विकास निर्माणका कामबाट लिएका कमिसनका कुरा बाहिर अाएपछि जिसस सभापति नवलकिशोर सिँहले नै हेन्डल गरेका जानकारहरुले बताएका छन् ।विगतमा शिक्षक पेशाबाट अाएका जिसस सभापति सिँह अाफ्नै भतिजो चन्दन कुमार सिँहलाई अस्थायी शिक्षकका रुपमा लगाएका थिए ।२०७४ सालको स्थानीय तहको चुनावमा अस्थायी शिक्षकबाट राजिनामा दिई अाएका चन्दनकुमार सिँह अपरिपक्वताले गर्दा सधैं कर्मचारीलाई लिएर विवाद हुने गरेको देवताल गाउँपालिकाका कर्मचारीहरुले बताएका छन् ।ईमानदार छविका प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पाल हाजिर भए अाफ्नो सेटिङ् गरेर बनाएका सबै कुरा बाहिर अाउने ,अकुत कमाएका सम्पत्तिको बारेमा भण्डाफोर हुने ,चुनावमा जनता समक्ष बनावटी स्वरूप भन्दा असली चेहरा बाहिर अाउने लगायतले पुरानै प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र प्रसाद साहलाई राख्न भए सम्मका बल लगाएका छन् । जुँगाको लडाइँको रुपमा समेत यो घटनालाई बनाईसकेको देवताल गाउँपालिकाका समाजसेवीहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।यसअघि अमावा विधालयमा शिक्षक सुरुवाको बिषय लिएर यस्तै विवाद सृजना भएका थिए ।गाउँपालिका अध्यक्ष चन्दन कुमार सिँहको नजिक मानिने शिक्षक  गुलसन सिँहलाई अमावा विधालयका प्रधानाध्यापक बनाउन विवाद हुदाँ जिल्ला प्रशासन कार्यालय बारा सम्म  पुगेका थिए ।अमावा विधालयमा नयाँ प्रधानाध्यापक बनाईएका भुनेश्वर प्रसाद यादवलाई हटाई गुलसन सिँहलाई प्रधानाध्यापक बनाउन जिसस सभापति नवलकिशोर सिँहले समेत सहयोग मात्र गरेका थिएनन् त्यतिबेला समेत जुँगाको लडाइँ धेरै रकम खर्च भएको देवताल गाउँपालिकाका स्थानीयबासीहरुले बताएका छन् ।देवताल गाउँपालिकाको कार्यालय नजिकै रहेको महागढीमाई नगरपालिका -७ मा पर्ने श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय बेनौलीको पोखरीमा माटो खसालेको घटना ,हालै बनेको गाउँपालिकाको कार्यालयको सार्वजनिक हटाएको तर वडा नम्बर -४ पिप्राढीमा ईनारको जग्गामा दुई तले भवन समेतलाई केही नगरी अर्को जग्गाबाट बाटो निकालेको ,गाउँपालिका देखि नहर हुँदै चौक सम्ममा गरेको ढलान ,धुराहा विधालयमा गरेको अनियमितता ,रौवाही विधालयको जग्गा तथा पिपरपाती र रामपुरवामा समेत विवादमा मुछिएका गाउँपालिका अध्यक्ष चन्दनकुमार सिँहले बाहिर अाउने डरले जे पायौं त्यहीँ ढंगले कार्यालय सञ्चालन गर्दै अाएको देवताल गाउँपालिकाका बुद्धिजीवी दिनेश यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।देवताल गाउँपालिकामा विवादैविवादको बिच कार्यकाल सकेको र अाउँदो चुनाव घोषणा भएपछि भयरहित वातावरण सृजना गर्नुपर्नेमा भयभित वातावरण सृजनाले झन् अांशका थपिदै गएको छ ।केही मिडियाले ईमानदार छविका प्रमुख प्रशासकीय अधिकृतलाई धम्याल्यान अनेकन हुदै नभएका घटनालाई उजागर गर्दे अाएको देवताल गाउँपालिकाका यूवाहरुले बताएका छन् । वहाँ बारा ,रौतहट र काठमाडौंमा चर्चा बटुल्न सफल भएका हुन ।केही सञ्चार माध्यम र सञ्चारकर्मीले अाफूलाई बदनाम बनाउने प्रयास गरेको भएपनि जनताको काममा अाफू ईमानदारिताका साथ लाग्ने र अग्रसर भएर काम गरिने देवताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वकिलप्रसाद पालले बताउनुभयो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content