Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

जसपा: कलैया उपमहानगरपालिकामा नगर प्रमुख र उपप्रमुख सिफारिस

 जसपा: कलैया उपमहानगरपालिकामा नगर प्रमुख र उपप्रमुख सिफारिस कलैया: जनता समाजवादी पार्टी (जसपा) ले कलैया उपमहानगरपालिकाको नगर प्रमुख र उपप्रम...

 जसपा: कलैया उपमहानगरपालिकामा नगर प्रमुख र उपप्रमुख सिफारिस


कलैया: जनता समाजवादी पार्टी (जसपा) ले कलैया उपमहानगरपालिकाको नगर प्रमुख र उपप्रमुख पदका आकांक्षीको नाम सिफारिस गरेको छ । कलैयामा शनिवार बसेको जसपा नगर कमिटीको वैठकले प्रमुखमा तीन र उपप्रमुखमा चार जनाको नाम सिफारिस गरेको हो ।


जसपा नगर कमिटीका अध्यक्ष शिवनाथ पटेलका अनुसार उम्मेदवार चयनका लागि भएको छलफलमा सहमती जुट्न नसकेपछि आकांक्षी सबैको नाम सिफारिस गर्ने निर्णय भएको हो । नगर प्रमुख पदका लागि सिफारिस हुनेमा प्रमोद प्रसाद गुप्ता, धर्मेन्द्र यादव र सुनिल दास रहेका छन् ।


गुप्ता अघिल्लो स्थानिय तहको निर्वाचनमा पनि प्रमुख पदका उम्मेदवार थिए । संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेका गुप्ताले नौ हजार चार सय चार मत प्राप्त गर्दै तेस्रो भएका थिए । कलैयामा कांग्रेस बिजयी र एमाले दोस्रो स्थानमा थियो ।


यसैगरी वैठकले उपप्रमुखमा लक्ष्मीदेवी पटेल, उमरावती यादव, प्रकाश चौगाई र शंकर यादवको नाम सिफारिस गर्ने निर्णय गरेको छ । यसमध्ये पटेल अघिल्लो निर्वाचनमा संघीय समाजवादी फोरमबाट उपप्रमुख पदको उम्मेदवार थिईन् । उक्त निर्वाचनमा उनले आठ हजार सात सय आठ मत प्राप्त गर्दै तेस्रो भएकी थिईन् ।


जसपा नगर कमिटी अध्यक्ष पटेलले सिफारिस भएका उम्मेदवारको विषयमा कार्यकारिणी बैठकमा छलफल हुने र त्यसमा पनि नटुंगिए जिल्ला कमिटीमा पठाउने जानकारी दिए । जिल्ला कमिटीबाट पनि निर्णय हुन नसकेमा उम्मेदवारको अन्तिम टुंगो प्रदेश कमिटीले लगाउनेछ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content