अजय यादव वियोगी
कलैया ,बारा ।
"बाराको सुवर्ण गाउँपालिकामा लोकतान्त्रिक समाजवादी नेपालबाट अध्यक्ष पदमा अशोककुमार यादवले दिए उम्मेदवारी , मनोनयन पत्र दर्ता गर्ने काम जारी "
स्थानीय तहको निर्वाचन २०७९ मा सहभागी हुनको लागि पहिलो खुड्किलाको रुपमा मानिने मनोनयन पत्र दर्ताको काम बारामा शान्तिपूर्णरुपले सम्पन्न भएको छ ।बाराको सुवर्ण गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी ,नेपाल (लोसपा ) बाट गाउँपालिका अध्यक्षमा अशोककुमार यादवले मनोनयन पत्र दर्ता गराएका छन् । प्रमुख निर्वाचन अधिकृतको कार्यालय कवहीमा पुगी मनोनयन पत्र दर्ता हुन ।विधि र विधानको भित्र नै बसि निर्वाचन अायोगले तोकेको तालिकाअनुसार वैशाख १२ गतेका दिन मनोनयन पत्र दर्ता गराईएको हो ।मनोनयन पत्र दर्ता गराउन सबै दल तथा स्वतन्त्र उम्मेदवारहरुले बिहान १० :०० बजेदेखि लाईनमा समेत लागेका थिए ।नेपाली काँग्रेस ,नेकपा एमाले र जनता समाजवादी पार्टी लगायतका पार्टीले मनोनयन पत्र दर्ता गराएका छन् । सुवर्ण गाउँपालिकामा दर्ताको काम अबेर राति सम्म चलेको थियो ।
प्रतिक्रिया