अजय यादव वियोगी कलैया ,बारा "राष्ट्रिय प्रजातन्त्र पार्टीको विशाल अाम सभा कलैयाको सिद्धेश्वर संस्कृत माविमा सम्पन्न " राष्ट्रिय...
अजय यादव वियोगी
कलैया ,बारा
"राष्ट्रिय प्रजातन्त्र पार्टीको विशाल अाम सभा कलैयाको सिद्धेश्वर संस्कृत माविमा सम्पन्न "
राष्ट्रिय प्रजातन्त्र पार्टी विशाल अाम सभा कलैयाको श्री सिद्धेवर संस्कृत माध्यमिक विधालयमा सम्पन्न भएको छ ।राप्रपाका जिल्ला अध्यक्ष गिरधारी चौधरीको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन रहनु
भएको थियो ।विशिष्ट अतिथिहरुमा सह-महामन्त्री मोहन प्रसाद यादव ,केन्द्रीय सदस्य राजनारायण साह ,केन्द्रीय सदस्य सुष्मा मिश्र ,विनोद भारती लगायतका रहनु भएको थियो ।बाराको १६ पालिकाबाट राप्रपाका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय अ
ध्यक्ष एवम् प्रमुख अतिथि राजेन्द्र लिङदेन अहिलेको व्यवस्थाले नेपाली जनतालाई सास्ती भएको बताउनु भएको छ ।मधेसमा झन् महँगो बढेको छ ,समयमा मल खाध उपलब्ध गराउन नसक्ने के सरकार नै हो भने प्रश्न गरेका थिए ।देश भरिमा भ्रष्टाचार बढनुमा नेता मात्र दोषी नभएर जनता पनि दोषी रहेको प्रमुख अतिथि लिङ्देनले बताउनुभयो ।खाना र ट्वाकमा मात्र मत बेचेका कारण राम्रा जनप्रतिनिधि नअाएकाले विकृति बढेको प्रमुख अतिथि राजेन्द्र लिङदेन बताउनुभयो ।कार्यक्रममा अरु पार्टी परित्याग गरि सयौंको संख्यामा राप्रपामा प्रवेश गरेका थिए ।कार्यक्रमको सञ्चालन खड्ग प्रसाद उप्रेतीले गरेका थिए ।





COMMENTS