Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

वीरगञ्जको समृद्धि, सुशासन एवम् पारदर्शीताका लागि एकजुट हुन् आवश्यक : राजेशमान सिंह

वीरगञ्ज, ६ बैशाख । आफुले गरेको भ्रष्टाचारको ढाकछोप गर्न बर्तमान मेयर बिजय कुमार सरावगीले पत्रकारकी श्रीमतीहरुलाई जागिर दिएको पर्सा क्षेत्र न...


वीरगञ्ज, ६ बैशाख । आफुले गरेको भ्रष्टाचारको ढाकछोप गर्न बर्तमान मेयर बिजय कुमार सरावगीले पत्रकारकी श्रीमतीहरुलाई जागिर दिएको पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादवले बताएका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ वडा इकाइ कमिटीले गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सांसद यादवले मधेशी जनताको मतबाट जितेर अहिले मधेश विरोधी ओलीको झोलीमा गएर मधेशी जनताको मतको अपमान गरेको बताएका छन् ।

समाज र पार्टीमा कुनै योगदान नभएका व्यक्तिलाई टिकट दिलाएर जिताएकोमा पश्चाताप लागेको बताउँदै यादवले भने, व्यापारीहरुले मात्रै चिनेको र वीरगञ्जका वडाबासीले नचिन्ने व्यक्तिलाई जिताएर गल्ती गरे, त्यो गल्तीको लागि म सबैसँग माफि चाहन्छु । तर अब यस्ता गल्तीलाई दोहोरिन दिन छैन ।'

दक्षिणा नबुझाउने शिक्षकहरुको वर्षमा ३ पटक सरुवा गरेर दुःख दिने र अन्य शिक्षकहरुबाटसमेत सरावगीले पैँसा असुलेर शिक्षामा भ्रष्टाचार गरेको सांसद यादवको आरोप छ । उनले भने, 'शिक्षकहरुबाट पैँसा असुल्ने अनि विद्यालयको शैक्षिक सुधारको कसरी हुन सक्छ ?' स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा पनि व्यापक भ्रष्टाचार गर्ने र वास्तविक पिडितलाई मारमा पारेर आफ्ना नेता तथा कार्यकर्ताहरुलाई कृषि सम्बन्धी तालिमहरुमा सहभागि बनाउने र कृषि सम्बन्धी राहत तथा अनुदान पनि किसानको नाममा खाने नेताहरुलाई दिने यादवको भनाई छ ।

वीरगञ्ज महानगरपालिकाको मेयरमा जसपाबाट राजेशमान सिँहलाई जिताउन आग्रह गर्दै सांसद यादवले भने, 'राजेशमान जी मेयरमा निर्वाचित भएपछि पानी र बिजुलीमा न्युनतम शूलक मिनाहा गर्ने छौँ । यसका साथै पञ्चायती व्यवस्थादेखि बहुदलसम्म आउँदा पनि कहिलै तिर्न नपरेको सरसफाई सम्बन्धी कर हामी हटाउने छौँ ।' नगरपालिकामा अन्य उत्पादनका स्रोतहरुको निर्माण गरी नगरबासबाट लिइने करको दरलाई घटाएर दायरा बढाउने यादवको भनाई छ । मधेश आन्दोलनताका सिँहले देखाएको सक्रियताबाट प्रभावित भएको बताउँदै राजेशमानबिना वीरगञ्जको बिकास अधुरो हुने बताए ।

वर्तमान मेयर सरावगीले चितवनसहित बाहिरका व्यक्तिलाई रोजगारी दिएको बताउँदै सांसद यादवले सिँह मेयर बनेपछि वीरगञ्जबासीलाई नै रोजगारी दिलाउने प्रतिबद्धता पनि व्यक्त गरे । मेडिकल माफिया, तेल माफिया एवम् भ्रष्टाचारी तथा कमाउनिष्टहरुलाई परास्त गरेर समृद्धि, सुशासन एवम् पारदर्शीताका लागि एकजुट हुनुपर्ने आवश्यक्ता पनि उनले औँल्याएका छन् ।

त्यसैगरी जसपाबाट वीरगञ्ज महानगरपालिकाको मेयरका उम्मेदवार राजेशमान सिँहले जनताका आधारभूत आवश्यक्तालाई प्राथमिकता दिएर काम गर्ने बताए । जनताको मन, मत र विश्वासलाई कहिलै पनि कम हुन नदिएर जनताकै बिचमा रही जनताकै लागि काम गर्ने बाचा पनि सिँहले गरेका छन् ।

नगरबासीको जिवनस्तर उकास्नका लागि जनता समाजवादी पार्टी (जसपा) लाई नै जिताउनुपर्ने सिँहको आग्रह छ । जनताका आधारभुत आवश्यक्ताहरुलाई वेवास्ता गरेर ठुला ठूला सपनाहरु बाँड्नेहरुदेखि अब सचेत हुनुपर्ने बताउँदै सिँहले जसपाले नै मधेशका मुद्धाहरुको सम्बोधन गर्ने बताए । सम्भावनाको शहर वीरगञ्जको स्रोत साधनलाई भरपुर रुपमा सदुपयोग गरेर वीरगञ्जको मुहार फेर्ने महाअभियानमा हातेमालो गर्न उनले आग्रह गरेका छन् ।

कार्यक्रममा वडा इकाई कमिटीका पदाधिकारी, जसपाका नेता, कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content