सन्दिप प्रसाद यादव
कलैया ,बारा
"मोटरसाइकलले पदैल यात्रीलाई ठक्कर दिदाँ एक जना गम्भीर घाइते "
आज बिहान ०८;३० बजेको समयमा जिल्ला वारा कलैया उ.म.न.पा. वडा नं. २४ स्थित कलैया पिलुवा सडक खण्डमा कलैयाबाट पिलुवा तर्फ जादै गरेको ना. ५९ प १६७५ नं. को मोटरसाइकलले जिल्ला बारा जितपुर सिमरा न.पा. १८ बस्ने अं. बर्ष ६५ की कलैसिया अहिरनलाई बाटोको साईडमा पैदल हिडने क्रममा ठक्कर दिई घाईते बनाएका छन् ।घाइते अहिरिनको उपाचार्थ न्युरो अस्पताल बिरगंज तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।घाईते अहिरिनको टाउकोमा चोट लागेको कानबाट रगत बगेको तथा अबस्था गंम्भिर रहेको अवस्थामा उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय बाराबाट मोबाईल टोली खटी गई ठक्कर दिने उक्त नंको मोटरसाइकल मोटरसाइकल चालक जिल्ला बारा जितपुर सिमरा वडा नं. १८ प्रास टोल बस्ने अं. बर्ष १९ को दिपक पटेल र मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने अं. बर्ष २४ को संजय सहनीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएका छन् ।
बारामा दिनहुँ दुर्घटना घटनाले बाराबासी त्रसित बन्दै गएका छन् ।
प्रतिक्रिया