आज पाचौँ दिनको पहिलो सेमीफाईल फुतबल खेलमा श्री युनिक युवा क्लब सिमरालाई ० को विरूद्ध २ गोलले श्री गोपाल प्रगतिशील युवा क्लब जुअवा विजयी
दिपेन्द्र जैसवाल
कलैया , बारा ।चैत्र २३गते ।
बाराको बारागढी गाउँपालिका वडा नं.५ मा रहेको चेरवन्त पथरामा श्री न्यू तीलगंगा युवा क्लब चेरवन्त पथराको आयोजनामा र बारागढी गाउँपालिकाको सहयोगमा जारी चेरवन्त पथराको सेदी रंगशालामा जारी चौथौ अध्यक्ष कप नकाउट फुटबल प्रतियोगितामा आज पाचौँ दिनको पहिलो सेमीफाईल फुतबल खेलमा श्री युनिक युवा क्लब सिमरालाई ० को विरूद्ध २ गोलले श्री गोपाल प्रगतिशील युवा क्लब जुअवा विजयी भएको छ I आजको खेलको म्यान अफ द म्याच दिवाकर चौधरी हुनु भएको छ I भोली छेठौँ दिनको दोस्रो सेमिफाईनल खेल तराई ब्वाईज युवा क्लब पडरी र नव युवा समाज सरोकार क्लब दुधियावा बिच हुने आयोजक तील गंगा युवा क्लबको अध्यक्ष कृष्णमणि चौधरीले बताउनु भएको छ ।
प्रतिक्रिया