श्री गढीमाई संवाददाता
सिमरा,बारा
" बाराको जितपुर सिमरा उपमहानगरपालिका -३ सिपर्दी ट्रेडिङ नजिकै सवारी दुर्घटना एक जना गम्भीर घाइते
"
बाराको जितपुर सिमरामा २०७८/१२/२८ गते ०२:३५ बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.०३ स्थित सिपर्दी ट्रेडिङ नजिकै बिरगंज पथलैया सडक खण्डमा जितपुर तर्फ बाट सिमरा तर्फ आउंदै गरेको ना.५ ख.७५०७ न.को ट्रकले सोहि दिशा तर्फ बाट आउंदै गरेको प्रदेश २-०३-०१४ प.१३६२ न.को स्कुटी लाइ ठक्कर दिंदा स्कुटी चालक जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.०७ बस्ने अ.वर्ष ६० को कन्हैया बहादुर क्षेत्रीको टाउको,मुख,खुट्टामा गम्भीर चोट लागि घाइते भएका छन् ।घाइते क्षेत्रीको अल्पाइन अस्पताल सिमरामा सामान्य उपचार पश्चात थप उपचारको लागि बिरगंज तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकदाइ बताउनुभयो ।घाइते क्षेत्रीको अवस्था गम्भीर रहेको,उपचारमा निजको छोरा संलग्न रहेको प्रवक्ता थापाले बताउनुभयो ।उक्त स्थानमा यस का.बाट प्र.ना.नि.को कमान्डमा टोलि खटि गएको,ट्रक,चालक, स्कुटी प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले बताउनुभयो ।
निज घाइतेको ऐ.०३:२८ बजेको समयमा नेशनल मेडिकल कलेज बिरगंजमा पुग्नासाथ मृत्यु भएको,मृतक लास सोहि अस्पतालमानै रहेको,पो.मा.को लागि ना.उ.क्षे.अस्पताल बिरगंज पठाउने पहल भइरहेको भनि उक्त अस्पताल बाट जानकारी प्राप्त भएको प्रवक्ता राजेश थापाले बताउनुभयो ।
प्रतिक्रिया