वीरगंज, २ वैशाख/
जिल्ला प्रहरी कार्यालय, पर्साले बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
चैत २६ गते १ बजे ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बारा, प्रसौनी गा.पा. वडा नं.५ घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नं.१६ बस्ने वर्ष ५५ को पलट चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
बालिका खेलिरहेको अवस्थामा चौधरीले कोठाभित्र लगी जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
आज बिहान बालिकाको अभिभावकले उजूरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरी जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको जिप्रका, पर्साले जनाएको छ ।
प्रतिक्रिया