सन्दीप प्रसाद यादव
कलैया , बारा
"कलैया उपमहानगरपालिका -१२ सितलपुरमा अागलागी धेरैको धनमाल नोक्सान "
बाराको कलैया उपमहानगरपालिका -१२ सितलपुरमा अागलागी भएको छ ।दिउँसो २:०० बजेको समयमा जिल्ला बारा कलैया उ.म.न.पा.-१२ सितलपुर स्थितमा ऐ.ऐ.बस्ने मुनीलाल यादवको छोरा अं.बर्ष २५ को सोनालाल यादवले गँहुको भुसमा आगो लगाई नष्ट गर्दा,उक्त आगो बढेर ऐ.ऐ.बस्ने रसुला आलम,भास्कर प्र. साह र मकसुद अंसारीले संचालन गरेको,बारा पोल्ट्री फर्म कलैयाको २ वटा कुखुरा पाल्ने फुसको छानो भएको खोरमा आगो सल्की आगलागि हुदाँ,५ वटा कुखुरा मरेको, मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।अागलागीको घटना प्राप्त हुना साथ बसपार्क चौकी पोष्टबाट प्र.ब.ह.को कमाण्डमा ४ जना टोली र तालुक जि.प्र.का.बाराबाट प्र.नि.को कमाण्डमा १८ जनाको टोली खटि गएको,प्रहरी,स्थानिय र दमकलको सहयोगमा ऐ.४:३० बजेको समयमा उक्त आगो नियन्त्रणमा आएको प्रवक्ता थापाले बताउनुभयो ।,उक्त आगोबाट अं.५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएका छन् ।उक्त आगोबाट निम्न धनमाल क्षति भएको छ
निम्न धनमाल क्षति भएकोः-
१.) दाना राख्ने बट्टाः- १२० थान
२.) पानी राख्ने बट्टाः- १२० थान
३.) पानी राख्ने ड्रमः- १ तान
४.) कुखुराको दानाः- १० बोरा
५.) मिटर तार,बिजुली बत्तीः-
६.) सपेताको बिरुवाः- २५० थान
७.) ७ बिगहा जग्गाको गँहुको भुस जलेर नष्ट भएको प्रहरीले जानकारी दिएका छन् ।
प्रतिक्रिया