सन्दिप प्रसाद यादव
कलैया बारा ।
"बसमा अवैध राखिएको सामानहरु प्रहरीको नियन्त्रणमा"
अाज मिति २०७८/१२/२६ गते अन्दाजी ०५:०० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.१ तिनकुने चौक स्थित यस का. बाट प्र.ना.नि.को कमान्डमा खटिएको नियमित प्रहरी चेकिंग टोलीले चेकजाँच गर्ने क्रममा धरान बाट काठमान्डौ जादै गरेको मे.१.ख.२०८५ न.को बसको डिकीमा लुकाई छिपाई लादै गरेको झरकाको थाल,करुवा,कचौरा,लोटा,गरी (अ.मु.रु.२,००००० दुई लाख )बराबरको समानहरुको अन लाईन बिल नभएको कारण नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि यस का. मा ल्याई राखिएको, अन्य अनुसन्धान कार्य भईरहेको,बस आफ्नो गन्तव्य तर्फ गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले बताउनुभयो ।
निम्न
१)झरकाको थाल ठुलो = ६७ थान
२) झरकाको थाल सानो = ७५ थान
३) झरकाको कचौरा = २०३ थान
४) झरकाको ठुलो,सानो करुवा = २६ थान
५) झरकाको लोटा = ८ थान
६) झरकाको पाथी ठुलो,सानो = २१ थान लगायतका फेला परेको प्रवक्ता थापाले बताउनुभयो
प्रतिक्रिया