वीरगंज, २ वैशाख ।
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले मेयर विजय सरावगीले राजनीतिलाई व्यापार बनाएको आरोप लगाएका छन् ।
आज शुक्रवार वीरगंजमा पार्टी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष त्रिपाठीले राजनीतिमा ठग, दलाल प्रवृत्तिका मानिसहरुको वर्चस्व बढ्दै गएको बताए । उनले आफनो पार्टी विचारको राजनीति गर्ने बताए । मधेसवादी दलहरुले जातिवादको मुद्दा बनाएको कारण उनीहरुको पतन हुने बताए । उनले स्थानीय तहलाई बढी अधिकार दिइएको कारण भ्रष्टाचार बढ्दै गएको बताए ।
पर्सा अध्यक्ष अध्यक्ष प्रह्लाद राय योगीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया