खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रकाे सुशासनकाे सुधारकाे लागि जनप्रतिनिधि र शाखा प्रमुखहरूकाे कार्यशाला गाेष्ठी समपन्न दिपेन्द्र जयसवाल...
खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रकाे सुशासनकाे सुधारकाे लागि जनप्रतिनिधि र शाखा प्रमुखहरूकाे कार्यशाला गाेष्ठी समपन्न
दिपेन्द्र जयसवाल,बारा
चैत्र १८
बाराको बारागढी गाउँपालिका खोपवा बाराको सभाहलमा गाउँपालिका राष्ट्रिय महासंघको आयोजनामा खानेपानी तथा सरसफाई स्वच्छता क्षेत्रको सुशासनकाे सुधारकाे लागि जनप्रतिनिधि र शाखा प्रमुखहरूकाे कार्यशाला गाेष्ठी तथा वास एमआईएस सम्बन्धी अभिमुखिकरण डाटा भेरिफिकेशन र अपडेट
सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष श्री देवदत्त ब
छाड थारूकाे अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष लक्ष्मी दोवी राय,वडा नं.२ को वडा अध्यक्ष कृष्ण प्रसाद चौधरी,वडा नं.३ को वडा अध्यक्ष छठुराउत अहिर,वडा नं.४ को वडा अध्यक्ष रामकृपाल चौधरी,वडा नं.५ को वडा अध्यक्ष मनेजर चौधरी,कार्यपालिका सदस्य अछेलाल राम,जोगिन्द्र साह कानु,प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरी,सूचना प्रविधि अधिकृत धुरेन्द्र ठाकुर, शिक्षा प्रमुख जलमती चौधरी,स्वास्थ्य प्रमुख ओमप्रकाश चौधरी,वास फोकस पर्सन उपेन्द्र प्रसाद साह,रोजगार संयोजक पप्पु साह,प्रशासन प्रमुख गंगा कुमारी दास,गाउँपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशको संयोजक रबिन गोतम,गाउँपालिका महासंघ मधेश प्रदेशको संयोजक मनोज साह लगायत वडा सदस्यहरू,सञ्चारकर्मीको उपस्थिति रहेको थियो । भने कार्यक्रमको सहजीकरण फत बहादुर क्षेत्रले गरेका थिए ।



COMMENTS