कलैया-५ को वडा अध्यक्षमा सन्तोष यादव द्वारा उम्मेदवारी घोषणा
सन्दीप यादव , कलैया । कलैया उपमहानगरपालिका वडा नम्बर ५ को वडा अध्यक्ष मा युवा नेता सन्तोष यादवले उम्मेदवारीको घोषणा गरेका छन् । गढीमाई राष्ट्रिय दैनिक संग को कुराकानी मा उनले यस्तो बताएका हुन् । जनता समाजवादी पार्टी ( जसपा) को तर्फबाट यादवले वडा अध्यक्ष पदमा आकांक्षी देखाएका हुन । उनलेे यस भन्दा अघि पनि २०७४ साल मा पनि जसपा बाट नै वडा अध्यक्षमा लडेका थिए ।
यादव ले गढीमाई राष्ट्रिय दैनिक संग कुरा गर्दै भने धेरै नेताहरु स्वार्थ पन को लागि पार्टी परिवर्तन गर्दै छन तर मैले पार्टीको लागि लामो समयदेखि जनताको काममा सहयोग गर्दै आएको बताए । उनले भने विभिन्न अफ्ठेरोमा सघाउँदै आएको ले मलाई पार्टीले योगदानको कदर गर्दै वडा अध्यक्षको उम्मेदवार बनाउने बिश्वास ब्यक्त गरे ।
उनले भने यश भन्दा अगि को स्थानीय चुनाब मा मलाई विश्वास गरेर धेरैले मतदान गरे अहिले पनि मलाइ जिताउनु हुने छ भने वडा बासी मा आग्रह गरेका छन् ।
साथै वडा अध्यक्षका उम्मेदवार यादवले आफू वडा अध्यक्षमा जिते वडाका आवश्यक योजनाहरु केन्द्रसम्म पुर्याएर बजेट ल्याउने र नमुना वडा बनाउने बताए । उनले भने कलैया उपमहानगरपालिका मा रहेको २७ वटा मध्ये वडा नम्बर ५ लाई उत्कृष्ट बनाउने प्रतिबद्धता जाहेर गरे । युवा नेता समेत रहेका यादवले अरुले जस्तो धन कमाउनको लागि नभई वडा र स्थानीय जनताको स्तर विकास गर्न, अग्रजहरुको सम्मान गर्न आफुले उम्मेदवारी दिने बताए । गलत कुराको सधै विरोध गर्दै सधै जनताको पक्षमा काम गर्ने गढीमाई राष्ट्रिय दैनिक संगको कुराकानीमा उनले बताए ।
प्रतिक्रिया