Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बच्चाहरुलाई सुरु देखी नै राम्रो शिक्षा एवम् संस्कार दिन अभिभावकहरुलाई आग्रह

बीरगंज १२ चैत्र । जीवन ज्योती माध्यमिक बिद्यालयले आज एक समारोहका बीच वार्षिक कार्यक्रम सम्पन्न गरेको छ । बीरगंजको रानीघाटमा अवस्थित बिद्यालय...

बीरगंज १२ चैत्र ।
जीवन ज्योती माध्यमिक बिद्यालयले आज एक समारोहका बीच वार्षिक कार्यक्रम सम्पन्न गरेको छ । बीरगंजको रानीघाटमा अवस्थित बिद्यालयले नगरसभा गृहमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथी भारतीय महावाणिज्य दुतावासका कन्सुल शैलेन्द्र कुमारले पानसमा बत्ती वाल्नुका साथै गम्लामा पानी हाली कार्यक्रमको बिधिवत रुपमा उदघाटन गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै शैलेन्द्र कुमारले बच्चाहरु एउटा काँचो मोटो जस्तो हुन्छन उनीहरुलाई जस्तो आकार दिए त्यस्तो नै हुने बताउनु भयो । वहाँले बच्चाहरुलाई सुरु देखी नै राम्रो शिक्षा एवम् संस्कार दिन अभिभावकहरुलाई आग्रह गर्नु भयो । बिद्यार्थीहरुको जीवनको शुरुवात स्कुलवाट नै हुने गरेको भन्दै यस समयमा, विद्यार्थीहरू जसले कडा. परिश्रम र मिहिनेतका माध्यमबाट राम्रो शिक्षा कमाउँछन्, तिनीहरू जीवनमा खुसी हुन्छन् र पछी ऊ राम्रो व्यक्तित्वको उदाहरण बन्ने कुरामा जोड दिनुभयो । वहाँले विद्यार्थीको.. जीवन कडा अनुशासन, परिश्रम र शिष्टाचारको अर्को नाम हो, जसरी सुन आगोमा अधिक मूल्यवान कुंडन हुन्छ, त्यस्तै कडा परिश्रम, विद्यार्थी जीवनमा गरिएको अनुशासनले विद्यार्थीलाई विश्वमा प्रतिष्ठा र सम्मान पाउने बताउनु भयो ।
कन्सुल शैलेन्द्र कुमारले धेरै जस्तो विद्यार्थीहरू समाजिक संजाल तथा गलत संगतमा परेर आफ्नो भविष्य बिगरिरहेका हुन्छन तर जो विद्यार्थी यी सबै त्याग गरेर कडा परिश्रम र मिहिनेत गर्छन उनीहरुको नै  भविष्य सुनौलो हुने वताउनु भयो । वहाँले विद्यार्थीले सबै भव्य चीजहरू र जिज्ञासाहरूबाट टाढा रहनु पर्छ, विद्यार्थी जुन यस समयमा लगनशील भई काम गर्छ, उसले आफ्नो बाँकी जीवन खुशी र आनन्दमा बिताउने बताउनु भयो ।
जीवन ज्योती बिद्यालयका प्रधानाध्यापक शिव गुप्ताले विद्यार्थीको जीवन एउटा घरको जग जस्तो हुन्छ । यदि कुनै घरको जग कमजोर छ भने त्यसमा बनेको भुईंमा पतन हुनेछ। यस्तै प्रकारले यदि एक व्यक्तिले आफ्नो विद्यार्थी जीवनको सही उपयोग गर्दैन भने उसको पूरा जीवन अर्थहीन बन्ने बताउदै
विद्यार्थीलाई राम्रो शिक्षा र राम्रो शिक्षकको आवश्यकता हुने गरेको  बताउनु भयो ।
जीवन ज्योती माध्यमिक बिद्यालयकी संचालिका मिनाक्षी गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा बिद्यालयका कार्यक्रममा प्राइम बैंकका प्रदेश नं. २ मधेश प्रदेशका रिजनल म्यानेजर बुद्धि बराल, क्रियाशील युवा पत्रकार मंच नेपालका अध्यक्ष प्रणय कुमार, यात्रा डेलीका संचालक राम सर्राफ,  नेशनल इन्फोटेक क्लेजका संचालक मनिष सिंह, शिक्षक लालबाबु यादव, समाजसेवी पशुपति विक्रम शाह, उषा शाह, गुडी जोशी, नुतन सरावगी, रेणुका गिरी, पल्लवी हरलाल्का, डा. लक्ष्मी थापा लगायतलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा स्कुलका बिद्यार्थीहरुले बिभिन्न कलाहरु प्रस्तुत गरेका थिए ।
कक्षा ९ मा अध्यन्नरत प्रकाश थापाले स्वागत भाषण गर्नु भएको थियो भने शिक्षक उजवल शर्मा, बिद्यालयकी छात्रा कमाक्षी गुप्ता र गुलाबसा खातुनले संयुक्त रुपमा कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । हाल उक्त बिद्यालयमा ११ सय बिद्यार्थीहरु अध्ययनरत रहेको छन ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content