श्री गढीमाई संवाददाता
कलैया ,बारा ।
प्रादेशिक अस्पताल कलैयामा चरम लापरबाही , डाक्टरका कारण सेवाग्राहीहरु मारमा
स्वास्थ्यसँग जोडिएको कर्मचारीहरुलाई अादर र सम्मानका रुपमा हेरिन्छ ।तर अहिलेको डाक्टरहरु सरकारी नोकरी पाएर प्राईवेट क्लिनिक धाउन थालेपछि ठिक विपरीत भएको छ ।सरकारी अस्पतालको अवस्था लथालिङ्ग हुन पुगेको छ ।संघियता अाएसँगै ,शिक्षा ,स्वास्थ्यमा सुधार होला भन्दा अहिले बेथिति नै धेरै देखा परेका छन् ।१८ वटा जिल्लाका सरकारी कार्यालयहरु स्थानीय तहको मातहतमा अाएको रहेछ ।तर सबैको अवस्था कहालीलाग्दो अवस्थामा पुगेको छ ।स्वास्थ्यको अवस्था कति सम्मको विजोग अवस्थामा पुगेको छ ।अस्पतालमा अौषधि समेत के डाक्टर बस्न सकेका छैनन् ।डाक्टरहरुले मनोपरी काम गर्न थालेका छन् ।यसको जवलन्त उदाहरण भएका छन् ।बाराको सदरमुकाम कलैयामा
रहेको प्रादेशिक अस्पताल । प्रादेशिक अस्पताल कलैयालाई प्रदेश नम्बर -२ को सरकारले प्रादेशिक अस्पताल बनाउन घोषणा गर्नुको परिपत्र समेत गरिसकेका छन् । तर पनि व्यवस्था त्यहीँ पुरानो भएको छ ।मधेसको जिल्लामा १२ :०० बजे ढिलो हुदैन ,२:०० बजे भेट हुदैन ।भोजपुरीमा भनिन्छ (१२ बजे लेट ना २ बजे भेट ना ) यस्तै अवस्था समेत रहेको छ प्रादेशिक अस्पताल कलैयाको ।प्रादेशिक अस्पताल खाली नामको मात्र हुन पुगेको कलैयाका स्थानीयबासीहरुले बताएका छन् । अहिले प्रादेशिक अस्पताल कलैयाको सुधार होला भन्दा अस्पताल व्यवस्था नै कमजोर भएको कलैया -२० का रमेश साहले बताउनुभयो ।अस्पतालमा समयमा डाक्टर नै अाउँदैन ,अाएपछि केहीबेरमै जाने गरेको स्थानीयबासी साहले बताउनुभयो । गाउँ - गाउँ बाट बिरामी उपचारका लागि अस्पतालमा आउछन् । तर समयमा उपचार नपाए पछि बिरामी घर जान बाध्य हुन्छन् । बिरामी मनिसहरु बिहानै खाना समेत नखाएर आएका हुन्छन् उपचारका लागि तर समयमा उपचार पाउदैन । कलैयाको सदरमुकाममा रहेको प्रादेशिक अस्पतालको कामकाज प्रति गाउँबासीहरु अौला समेत उठाउन थालेका छन् ।अस्पतालमा फोहोर समेत बढदै गएको छ ।तर कसैले हेरचाह गर्ने निकाय नभएको स्थानीयबासी सुरज रामले बताउनुभयो ।कलैया अस्पताल सुध्रनुको साटो दिनप्रतिदिन खस्दो अवस्थामा पुगेको छ ।रामको भरले मात्र अस्पताल सञ्चालन रहेको कलैयाका स्थानीयबासीहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताएका छन् ।कलैया अस्पताललाई स्वच्छ ,सफा बनाउनुको साथै नागरिकको अाफ्नो उत्तरदायित्व बोझ गराउन लाग्न जरुरी रहेको स्थानीयबासीहरुले बताएका छन् । कलैया अस्पतालको अवस्था प्रति जनता चिन्तित बन्दै गएका छन् ।बाराको धेरै जनाले उपचार गराउन अाएको भएपनि अस्पतालको प्रशासन नै कमजोर भएको स्थानीय महिला सुगान्धी देवी कुशवाहाले बताईन ।हेर्ने कोही नभएको स्थानीय महिला कुशवाहाले बताईन ।प्रादेशिक कलैया अस्पताल को अवस्था नै लथालिङ्ग हुनाले स्वास्थ्यको स्थिति मजबुत बनाउनु जरुरी रहेको छ ।डाक्टरहरुको चरम लापरबाहीले गर्दा बाराबासी सास्ती भोग्न बाध्य भएका छन् ।यो घटना प्रति बाराका नागरिक समाजको ध्यानाकर्षण हुनु जरुरी रहेको छ ।सम्बन्धित निकाय एवम् सरोकारवालाको ध्यान दिनु जरुरी रहेको छ ।स्वास्थ्यसँग खेलवाड नगरौँ ।स्वास्थ्य क्षेत्रका लागि केही काम गर्नु जरुरी रहेको स्थानीयबासीहरुले बताएका छन् ।








प्रतिक्रिया