सन्दिप प्रसाद यादव
कलैया ,बारा ।
" नेपाली काँग्रेस बाराको १४ महाधिवेशन स्थगित ,नेता कार्यकर्ताहरु द्वारा नाराबाजी "
नेपाली काँग्रेस बाराको १४ अौँ महाधिवेशनमा विवाद उत्पन्न भएका कारण चुनाव प्रक्रिया स्थगित भएको छ ।बाराको कलैयाको सिद्धेश्वर संस्कृत माध्यमिक विधालयमा भईरहेको चुनावमा साँझ
६:३० देखि विवाद सुरु हुँदा चुनाव स्थगित भएको प्रमुख निर्वाचन अधिकृत राजकुमार उप्रेतीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।कुल मतदाता २४८१ रहेकोमा १४०० भन्दा बढी मत खसेको बेला एक्कासि विवाद उत्पन्न हुँदा चुनाव स्थगित गर्नुपरेको प्रमुख निर्वाचन अधिकृत उप्रेतीले बताउनुभयो ।नेपाली काँग्रेसको देउवा गुटबाट २ जना र कोईराला समुहबाट १ जना सभापतिमा भिडेका हुन ।देउवा गुटबाट राजेश राय यादव र शम्भुबहादुर बुढाथोकी र कोईराला समुहबाट रामानन्द प्रसाद यादव सभापति भिडेका हुन ।कडा प्रतिस्पर्धाको बिच भईरहेको चुनावमा शान्ति ,सुरक्षाको अवस्था कमजोर रहेको नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।चुनाव मात्र नामको भएको कुनै निति ,नियम समेत नभएको नेपाली काँग्रेसका मतदाताहरुले जानकारी दिएका छन् ।मतदान प्रक्रिया कोठा भन्दा फिल्डमा समेत भएको हुँदा एकलौटी ढंगले धाधली समेत भएको भन्दै नेता कार्यकर्ता बिच विवाद उत्पन्न भई स्थगित हुन गएको हो ।मतपेटिका सुरक्षार्थ प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।
प्रतिक्रिया