सर्लाही घटनाको विरोधमा बाराका प्रजिअलाई ज्ञापन- पत्र
कलैया ,बारा ।चैत १३ गते ।
सर्लाही घटनाको विरोधमा समाजवादी युवा संघ, बाराले आज बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल लाई ज्ञापनपत्र बुझाएको छ ।
अध्यक्ष सुजित पाण्डेयले सर्लाही जिल्लाको इस्वरपुर नगरपालिकामा भएको घटनाको छानबीनको माग गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । सो घटनामा प्रतिनिधिसभा सदस्य प्रमोद साह गम्भीर घाइते भएका छन् ।
सो भेलामा समाजवादी युवा संघका अध्यक्ष सुजित पाण्डेयको अध्यक्षता ज्ञापनपत्र बुझाएको थियो । भने उपाध्यक्ष शैलेश यादव, समाजवादी युवा संघ कलैया नगर अध्यक्ष तथा मधेस प्रदेश सदस्य सन्जय केशरी , मधेस प्रदेश सदस्य उपेन्द्र यादव , समाजवादी युवा संघ जिल्ला सचिव नरेश यादव लगायत तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया