वीरगंज, ३० फागुन ।
साना सवारी साधनका चालकहरुले आज वीरगंज महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।
आदर्शनगरस्थित पुरानो बसपार्कको जग्गामा महानगरपालिकाले सशुल्क पार्किङको ठेक्का दिएपछि टाटासुमो, कार, जीप, भ्यानका चालकहरुले आज महानगरपालिकाको कार्यालय घेराउ गरेका थिए ।
उनीहरुले उचित सशुल्क पार्किंगको व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् ।
यता वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेले सो क्षेत्रको ठेक्का गणपति निर्माण सेवालाई दिएकोले निर्माण सेवाले महानगरपालिकाको नियम कानून अनुसार सशुल्क पार्किंग उठाएको बताएको छ ।
प्रतिक्रिया